प्रतिनिधिसभाको बैठक बस्दै, आजको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि स्वीकृतिका लागि निर्णयार्थ पेस गरिनेछ ।
सरकारले ६ वटा अध्यादेश ल्याए पनि जसपा, नेपाल र लोसपा विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो ।
यसअघि गत २४ माघको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखे पनि पछि हटाइएको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले अध्यादेश अगाडि बढाउन लागेको हो ।