देशले अब यही परिस्थिति थेग्न सक्दैन, नयाँ समझदारी गर्नुपर्छः अध्यक्ष लिङ्देन



सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् ।

पार्टीले आइतबार धनगढीमा गरेको प्रदेशस्तरीय विरोध सभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । “यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ । यसले देशका समस्या समाधान गर्छ”, उनले दाबी गरे ।

राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताए । उनले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने बताए ।

पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरुरी रहेको बताए । सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तीकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

राष्ट्रियसभाको भूमिका साँघुरो बनाइयोः सांसद खालिद

काठमाडौँ । राष्ट्रियसभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रियसभा निकै महत्वपूर्ण संस्था

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना,

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने