सहकारी पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्न सांसदहरुको माग



काठमाडौँ । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छिन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् ।

‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरुको समस्यमा समाधान गर्नुपर्छ’, उनले भनिन् ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘मुगुको कार्मारोङ गाउँपालिका वडा नं १ मा पहिलेदेखि नै स्थानीयले तामाखानीबाट तामाको कच्चापदार्थ उत्खनन गरी प्रशोधन पश्चान विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालका विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आइरहेकामा २०२४ सालदेखि सरकारको आदेशमा उत्खननमा रोक लगाइएको छ, त्यसलाई पुनः सञ्चालनका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

‘प्रतियोगिता आगामी चैत २३ गते गर्ने भनिएको थियो, अब फेरि जेठ २३ गते सारिएको छ, मिति सार्नुले समग्र खेलाडीमाथि अन्याय भएको छ, जेठ २३ गते पनि हुन्छ नै भन्ने टुङ्गो छैन, सरकारले तोकिएकै मितिमा हुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप पुगेर जेलेन्स्कीले भने-हामी अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार

सगरमाथा संवादको तयारी तीव्र गतिमा

भीष्मराज ओझा, काठमाडौं ।  जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

एमालेमा विदेश भ्रमण जानु पूर्व प्रायोजककाबारेमा जानकारी दिनुपर्ने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको जनसङ्गठनको केन्द्रीय कमिटी सदस्यको सङ्ख्या