चार्ल्स डार्विन र युक्रेन युद्ध



-डा. गोविन्दशरण उपाध्याय ।

बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू केवल ‘लुट्न र थोपर्न’ चाहन्छन् । जब सत्यलाई बहुमतले निर्धारण गर्छ, जब प्राकृतिक पृथ्वीका सीमाहरू भाषा, भूगोल, जातजातिसँग जोडिन्छ, मान्छेको स्वार्थ सबैभन्दा बलियो भएर आउँछ । विश्व बलियाले निर्धोलाई दबाउनु प्राकृतिक स्वभाव हो भन्दै चार्ल्स-र्बिनले मान्यता दिएकै छन् । बलियादेशहरूले चार्ल्स–डार्बिनको नियतिवादलाई अनुसरण नगर्ने कुरै भएन । विश्वभरिका पाठ्यपुस्तकले नै बालबालिकाको बुद्धिमा ‘बलियाले निर्धोलाई जित्ने’ मनोविज्ञान स्थापित गरिरेह्को छ । त्यसैले विज्ञानलाई नै प्रयोग गरेर व्यक्तिहरू जित्नका लागि प्रयत्नशील छन् । अमेरिका, रूस, युरोप, चीन, भारत सबैले जित्ने प्रयत्न गरिरहेका छन् ।

नित्सेले काल्पनिक अतिमानव जमाउँदा हास्यको पात्र ठानिएको थियो तर त्यही काल्पनिक अतिमानव हिटलरको बास्तविकताले युरोपसहित विश्वलाई रुवाएको थियो । महामना अरविन्दको अतिमानवको सुखद कल्पना विश्वको लागि आवश्यकता देखिन्न । किनभने डार्विन र नित्से मिलेर युरो–अमेरिकी मन निर्माण गरेका छन् र त्यो मन तेहाबाट घरघरमा पुगेको छ । आजका लागि भने कम्युनिस्टहरूले अमेरिकालाई गालीगलौज गरेर कार्लमाक्र्सको पूँजीको महिमा मण्डित गर्दै फेरि पनि सत्ता प्राप्त गर्ने सपना देख्ने बाटो खुलेको छ । हामी नेपालीले चीन र भारतमा ट्रम्प छैनन् र नेपालमा जेलेस्की छैनन् भन्ने कुरा सायद कहिलै पनि बुझ्न सक्ने छैनौं ।

विश्वभरी गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र वा राजतन्त्र होइन असलमा ‘साहुतन्त्र’को बोलवाला छ । युरो–अमेरिकी साहुका नजरमा नेपालीहरूको कुन हैसियत हुनुपर्ने हो ? भिजा लिएर तिनको देशका अध्यागमन विभागमा पुग्दा थाहा पाइन्छ । यो ‘थाहा’ सर्वसाधारणका लागि हो साहुका नेपाली सहयोगीका लागि होइन । साहुहरूलाई थाहा छ सर्वसाधारण फेर्न सकिन्न तर एजेन्टहरू सजिलै फेर्न सकिन्न । ‘सर्वे भवन्तु सुखिन’ र ‘बसुधैव कुटुम्बकम्’ को आदर्शलाई चार्ल्स डार्विनले जितेका छन् । जेलेस्कीको पक्षमा वा विपक्षमा लेख्दैमा, बोल्दैमा वा ट्रम्पका विरुद्ध कोकोहलो गर्दैमा ‘साहु’हरूको मन पग्लिने छैन । सायद, नेपालले युक्रेनका पक्षमा गरेको मतदानको मूल्य एमसीसीसँग जोडिने छ, जेलेस्कीले नेपाललाई धन्यवाद भनेको कुनै अर्थ रहने छैन । छिमेकी साहुले यो कुरा राम्ररी बुझेका छन् ।

मलाई थाहा छैन, काठमाडौं महानगरका मेयरसित सम्माननीय प्रधानमन्त्रीले विजय प्राप्त गर्न चाहन्छन् कि चाहन्नन् तर मान्छेको मनोविज्ञान भने नराम्रोसँग खल्वलिएको छ । एउटा मेयर र प्रधानमन्त्रीका बीचका सीमारेखाहरू धुजाधुजा हुँदैछन् । जेलेस्कीले ठूलो आशा गरेका थिए तर अमेरिका बलियो, छ निर्धोको को कुनै मिलन हुँदैन । गरिव राष्ट्रहरूका क्लवको अध्यक्षलाई धनिराष्ट्रको क्लवले किन महत्व दिथ्यो ? अब भने नेपालजस्ता निर्धनदेशको क्लवको सदस्यले धनी देशले दियो भन्दैमा आँखा चिम्लेर संसदमा एमसीसी पास गरिहाल्ने संस्कृतिलाई बिचार गर्नुपर्छ तर यसो हुने छैन ।

संसारमा धेरै ट्रम्प र जेलेस्कीहरू छन् । को ठीक, के बेठीकको चर्चा गर्नु आवश्यकता छैन किनभने लोकतन्त्र, प्रजातन्त्र वा राजनैतिक व्यवस्थामा सत्य र असत्यलाई राजनैतिक शक्तिले निर्धारण गर्ने हुँदा अमेरिकाको सत्य र युक्रेनको सत्य फरक छ भन्ने प्रष्ट देखिन्छ भने रसियाको सत्य तेस्रो धारमा छ भने रसियाबाट डराइरहेका युरोपेलीहरूको सत्य चौथो छ । यदि दोष नै दिनु छ भने मान्छेहरूभित्रको लोभ, दम्भ र स्वार्थलाई दिनुपर्छ । सबै आ–आफ्नो स्वार्थका लागि बोलिरहेका छन् । मानवता केवल मुकुण्डो हो ।

आफ्नो वरिपरी हेरौं, बुझौं र आफ्नो सुरक्षाको प्रबन्ध आफैं गरौँ । रूसले रुसी भाषाबोल्नेका लागि युद्ध गर्नु पर्यो भनिरहेको छ भने युक्रेनको आफ्नै चासो छ । नेपालमा १३३ भाषा छन् तर नेपाल पनि खतराबाट मुक्त छैन । नेपालमा गणतन्त्र कुन् बाटो हिंडेर आएको हो – सबैलाई थाहा छ । इतिहास कोट्याएर मात्र हुँदैन, इतिहासको कुरा बुझ्ने मान्छे चाहिन्छ । सायद, जापानले यो कुरा राम्ररी बुझेको रहेछ । भारत, अमेरिका वा चीन नेपालमा मित्र पनि हुन् तर शक्तिशालीले गरिवसंगको मित्रता कतिवेला भंग गर्छन्, सधैं हेक्का राख्नु पर्दो रहेछ । चीनका लागि ताइवान, भारतका लागि नेपाल, अमेरिकाका लागि ग्रीनल्याण्ड वा क्यानाडा, रूसका लागि पूर्वसोबियतहरूका द्वन्द्वहरू सम्झौतामा टुंगिदैनन् भन्न सकिन्न ।

विज्ञानको विकासले मात्र मान्छेको मानसिकता परिवर्तन नहुँदो रहेछ । रूस र अमेरिका दुवै भौतिक विज्ञानमा अब्बल छन् तर डार्विनले तयार बुद्धिले सधैं जित्नका लागि आतुर छन् । विज्ञानको सबैभन्दा बढी दुरुपयोग पनि साहुहरूले गरेका छन् । नेपालहरूले विज्ञान किन्ने र चर्चापरिचर्चा गरे हो – त्यो पनि आफ्नो मौलिक र रैथाने विज्ञानलाई वेवास्ता गरेर । अवका विश्वविद्यालयले विज्ञानको विकासले मात्र मान्छेको मानसिकता परिवर्तन हुँदैन भन्ने विषयवस्तु तयार गरेर पढाउनु पर्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चार गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

जेलेन्स्कीसँग ट्रम्पले गरेको व्यवहारप्रति युरोपेली नेताहरु रुष्ट, भने- युक्रेन ‘एक्लो छैन’

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने