‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने ताकमा देश नडुबाउन आग्रह गरेका छन् ।
शुक्रबार राति सामाजिक संजालमार्फत मेयर साहले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिंडेको मान्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ।’
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौँ टावरको नक्सा पास प्रक्रियामा मुछिएपछि महानगरले कारबाहीका लागि सिफारिस गरेको थियो ।
त्यसयता महानगरमा प्रमुख प्रशासकीय अधिकृत खाली छ । प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेर मेयर साहलेपुस २४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए ।
तर सरकारले अहिलेसम्म पठाएको छैन । जसका कारण महानगरका सरसफाइ कर्मचारीले तलब पाउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयर साहले प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखेका हुन् ।