अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति



 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा असहमति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसदमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालीक कार्ययोजना र अन्य दस्तावेज टुङ्ग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको बैठकले पार्टीका आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनामा छलफल गरेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको थियो ।

बैठकमा पार्टी नियमावली, विनियम, निर्देशिका अनुसार सदस्य विस्तार तथा सङ्गठन देशभर सुदृढीकरण गर्ने विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

जेनेभा पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्-न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छौं

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग