सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारको विरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्रीज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया ?’

उनले प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भन्नु हुन्छ । म यहाँ केही तथ्यांंक प्रस्तुत गर्छु भ्रष्टाचार अवधारणा सुचांक २०२३ सार्वजनिक गरेको छ ट्रान्स्परेन्सी इन्टरनेशनलले, त्यसका १८० देशहरुको तथ्यांंक छन् । यो वर्षमा, यो सरकार सञ्चालक को थियो सभामुख महोदय भ्रष्टाचार गर्दिनँ गर्न नि दिन्न भन्नुभएको रहेछ त । भ्रष्ट्राचार गर्दिनँ गर्न नि दिन्न भन्न सुहाउँदैन ।’

उनले २०४७ सालपछिका दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ

प्रतिनिधिसभाबाट आमसञ्चार परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं। प्रतिनिधिसभाले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत

आगामी चुनावमा गठबन्धन राजनीतिको भूल दोहोर्याउँदैनौंः अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको