गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं
प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सोमबार पार्टीको प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुलाई दुव्र्यवहार भयो भने सरकार छाड्ने बताएका हुन् ।
उनले भने, ‘हामी विधि र कानूनको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं । तर, कानूनको शासनमा सम्झौता गर्दैनौं। प्रजातान्त्रिक अधिकार, त्यो भनेको बोल्न र हिँड्न पाउने अधिकारसँग सम्झौता गर्नुपर्यो भनेर कांग्रेसले सरकार छाड्छ । एमालेसँग कांग्रेस बराबरको व्यवहार चाहन्छ, न एमालेलाई हेप्छौं, न हेपिन्छौं। न माथि न तल हामी केन्द्रदेखि जिल्लासम्म त्यही चाहन्छौं। हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं।’
महामन्त्री थापाले एमालेसँग सहकार्यमा कांग्रेसको आफ्नै शर्त रहेको बताए।