कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले कुलमानलाई बिहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ। उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु सम्मान गर्नुपर्छ।’

उनले विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? भन्दै प्रश्न गरे । महसुल नतिर्नेको लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको भन्दै आपत्ति जनाए ।

उनले प्रश्न गरे, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ उनले दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङलाई ऊर्जा मन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएकोप्रति आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन

परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेशराज्यमन्त्रीबीच भेटवार्ता

जेनेभा (स्वीट्जरल्याण्ड)। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच