व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आफूहरु लोकतन्त्रको विरोधी नभएको तर लुटतन्त्रको भने विरोध गरिरहने बताएका हुन् ।

उनले आफू नेपालमा राजालाई कुनै स्पेश दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्दा गणतन्त्र विरोधीको रुपमा नबुझ्न पनि आग्रह गरे ।

उनले भने, ‘म राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं ।’

लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भएको टिप्पणी गरे ।

‘सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको’, सांसद लिङ्देनले भने, “सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो ।’

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको  र प्रतिकारमा उत्रिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो

मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।