पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस



काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले फेरि सत्तामा आउने भए निर्वाचनमार्फत जनअनुमोदित हुन पूर्वराजालाई चुनौती दिएकी हुन् ।

उनले कसैको कृपा र टीका लगाएर नेतृत्वमा आउने अपेक्षा नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘यदि सत्तामा फर्किने हो भने २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । अब कसैको कृपा र टीका लगाएर आउने अपेक्षा नगर्दा हुन्छ ।’ उनले पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न आग्रह गरिन् ।

उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन् । उनले भनिन्, ‘गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो ।’

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो

मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।