के साँच्चै राजावादी जनमत बढेकै हो ?



-ऋषि कट्टेल ।

अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको पक्षमै रहेका सामान्य मानिसहरु अर्थात् एमाले माओवादी कांग्रेसका सामान्य कार्यकर्ताहरु पनि राजाआउँछ भन्न थालेका छन् । सीपी मैनालीहरु जस्ता कम्युनिष्टका खोल ओडेका दरबारका छदम् एजेन्टहरु खुलैमुख खोल्न थालेका छन् । म अस्ति चितवन जन्त गएको थिएँ । त्यहाँपनि मलाई सोधिने प्रश्नहरु मध्ये अधिकांश प्रश्न राजा फर्कन्छ की फर्कदैनन् भन्नेनै थियो । हिजो विवाह भोजमा गएँ । त्यहाँ पनि पचास प्रतिशत कुरा राजाबारेमै गर्नुपर्यो । एकजना पोखराबाट आएका जेष्ठ नागरिकले त भने पोखरामा भएको राजावादीको कार्यक्रममा माओवादीको पुरै संलग्नता थियो । सामाजिक संजालहरुमा पनि अचेल राजावादीहरुकै बढी चर्चा हुन लागेको छ । राजावादीहरु सडकमै निस्कने आँट समेत गरिरहेका छन् । यी सबै तथ्यांकहरुले अचेल अलि बढी नै राजावादीहरुको चुरिफुरी वढेको छ ।
किन यस्तो भइरहेछ ? के साँच्चै राजावादी जनमत बढेकै हो ? यो अवस्था आउनुमा केही कारणहरु देखिन्छन्ः

१) स्वयं सत्तासिनहरुको रणनीतिक योजना । सत्तासिनहरु खासगरी संसदवादीहरु असफल र बदनाम भएका छन् । यिनको विकल्पको खोजी भइरहेको छ । उनीहरु यसलाई टार्न चाहन्छन् । यसको लागि जनमतलाई नयाँ अन्तरविरोधतर्फ धकेल्नु हो । अर्थात् गणतन्त्र र राजतन्त्र बीचको अन्तरविरोध मुख्य बनाएपछि सत्तासिन र जनताको बीच चलिरहेको अन्तरविरोध गौण बन्ने भयो । विषय अर्कोतर्फ मोडियो । त्यसो गरेर गणतन्त्रवादी जनमत आफूतर्फ केन्द्रित गर्न सत्तासिनहरु नै राजावादीलाई उकासिरहेका छन् । स्वयं गृहमन्त्रीनै राजाले पनि बोल्न पाउनुपर्छ भन्दै हिँडेको छ ।

२) यो चुरिफुरीको अर्को कारण मोदी–ओली अन्तरविरोध हो । मोदी राजावादीलाई उकासेर ओली देउवालाई घुँडा टेकाउन चाहन्छ । साधारण दवावले नपुगे हिंसात्मक दवावसम्मको बाटो तय हुन सक्दछ । यो बाटोमा धकेल्न ओलीसमेत उद्दत छन् ।

३) तेस्रो कारण हो माओवादी केन्द्रको सत्ता बहिर्गमन । यही अवस्था कायम रहिरहे दाहालको सत्ता फिर्ति सदाको लागि अन्त्य हुनेछ । यतिमात्र हैन अझै परिस्थिति तलमाथि हुँदै जाँदा युद्ध अपराधीको रुपमा दण्डित हुन सक्ने खतरासमेत विद्यमान छ । यसलाई सामना गर्न ऊ आफैं राजनीतिक मुद्दा लिएर सडकमा जाने नैतिक हैसियत उसमा छैन । यसको निम्ति दाहाल वर्तमान गठबन्धनविरुद्ध सडक तयार गर्न चाहन्छ । यसकोलागि उसले पूर्वतिर कथित पहिचानवादीहरुलाई उचालीरहेछ । रवि लामिछानेलाई काँधमा बोकेको छ । राजावादीहरुलाई बाहिर गाली गरेको जस्तो गर्दै सडकमा आउन प्रेरित गरिरहेछ । ज्ञानेन्द्रसँगको संवादलाई सघन वनाएको छ र मोदीसंग पनि हारगुहार गरिरहेछ । यो चुरिफुरीको एउटा संचालक माओवादी पनि हो । माकुनेहरु जस्ताले पनि आफ्नो राजनीतिक जीवन रक्षाको स्पेश राजावादी अभियानमा देखेका छन् ।

त्यसकारण आमनेपाली जनता जो यस्ता भड्कावमा लागेर वा वर्तमान सत्तासिनहरु संग वाक्क दिक्क भएर विकल्पको भन्नेखोजीमा भौंतारिँदै राजावादीको लहैलहैमा लाग्नु भएको छ तपाईं हामी सबै यो भ्रमबाट मुक्त हुनुपर्दछ । यो सत्ताको विकल्प यो भन्दा समुन्नत जनताको जनगणतन्त्र मात्र हुन सक्दछ । देशमा फेरि राजा फर्कन्छन् भन्नेकुरा केवल भ्रम हो । अहिले ज–जसले राजावादीको वकालत गरेर जनमतलाई द्वन्द्वमा लान चाहेका छन् ति स्वयंनै राजावादी हैनन् । भोटका व्यापारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निलम्बन फुकुवाबारे रविलाई सभामुखको जवाफः अहिलेको कानुनी व्यवस्था जे छ, आफूले त्यही गरेको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्ब फुकुवा

सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको

राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छः सांसद कार्की

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो

बर्खायाममा पनि संचालनका लागि यसरी हुँदैछ बिपी राजमार्ग पुनर्निर्माण

धुलिखेल। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि