‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले ‘करप्ट’भनिसक्यो, इन्डियाले भिकारी, नेपाली भएर बाँच्ने आधार त दिनुस्’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले आफूलाई मेयर नभई एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले corrupt भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’