अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारः महामन्त्री थापा



पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।

बुधबार पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।’

कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे ।

संसदका दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे । उनले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५

‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले ‘करप्ट’भनिसक्यो, इन्डियाले भिकारी, नेपाली भएर बाँच्ने आधार त दिनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ