राजाले त्यसै बोलेका छैनन्



काठमाडौं । प्रजातन्त्र दिवसको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशले राजवादीहरू उत्साहित भएका छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजाको सन्देशबाट उत्साहित हुँदै १२ बुँदे टिप्पणी गरेका छन् ।

यस्तो छ मिश्रको टिप्पणी

१. राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन। राजासंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा नैतिकसंकट र ज्ञानकोसंकट चरम अवस्थामा पुर्याएर देशलाई नै अस्तित्वकोसंकट उन्मूख बनाइदिए।

२. तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाऊँमा आउन अत्यावश्यक छ। राजाको सन्देशमा ‍सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीनसमझदारी मा जाने मनसाय भएको स्पष्ट भाव छ।

३. राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने Systemic Overhauling पद्दतिपूर्ण र शान्तिपूर्ण हुने छैन। त्यो कसैका लागि पनि हितकर हुँदैन।

४. ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी छ। राजाले त्यसै बोलेका छैनन्। सबै मिल्नुको विकल्प छैन।

५. छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुन: दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ। विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन।

६. जहाँसम्म देशभित्रका राजसंस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ-आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ।

७. मैले पहिले पनि बोलेको र लेखेको हुँ: झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने, र, अपवादलाई छोडेर, हामी — झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहंले पूर्ण — राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ। अब त्यो कार्य तत्काल रोकौँ। नत्र राजसंस्थावादीहरूले, अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन्।

८. ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन्। अब ती नेताहरूले कुरा नचपाइ बोल्न पर्छ।

९. त्यस्तै अनौपचारिक भेटघाट/चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौलि-तौलि बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन।

१०. अनि राजालाई झापा गएर भेटेर ;राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?’ भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नी! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु।

११. जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसैगरी आ-आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो।

१२. छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र systemic overhauling को बाटोमा देश गएको देख्न पाइयोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किच्चकबधमा उत्खननका क्रममा भेटियो ‘दरबारको जग’

झापा। महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित

अन्नपूर्ण आधार शिविरमा आरोहीको लर्को(फोटोफिचर)

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि, बिमस्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र

म्यानमा सरकारलाई मेडिकल उपकरण र औषधिसहित राहत सामग्री उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त