देशभक्तिको गीत गाएर देशभक्तको शिकार गर्नेको अवरोध चुनौतीपूर्ण छ



-डा. युवराज संग्रौला

नेपाली राजनीति परिवर्तन र बिकासको क्रम पनि प्रकृतिको उत्पती र विलयको नियमबाटै संचालित हुन्छ, तर त्यो परिवर्तनलाई विज्ञान र बोधका सहयोगले समय र समाज सापेक्षित बनाउन सकिन्छ । त्यसैले राजनीति संगठनहरुका सिद्धान्त हुन्छन्, ती सिद्धान्त उभिने दार्शनिक मान्यता हुन्छन्, सिद्धान्तलाई लागु गर्ने रणनीतिक कार्यक्रम हुन्छन् र स्पष्ट परिभाषित मार्ग हुन्छ । हरेक राजनीतिक संगठनको आफ्नो आर्थिक वर्ग हुन्छ, सुराज्यको ढाँचा हुन्छ, र समाजमा समृद्धिको संरचना निर्माण गर्ने कार्यक्रम हुन्छन् । आज वर्तमान नेपालको चरम समस्या यही हो । शासन सत्तामा रहेका कुनै पनि राजनीति दलसँग उनीहरुका राजनीति सिद्धान्त, रणनीति र कार्यक्रम बाँकी छैनन् । अतः २००७ सालदेखि नेपालको राजनीति परिवर्तनमा आफ्नो हस्तक्षेप वा भूमिका कायम गर्दै आएका राजनीति संगठनहरु पतनको संघारमा पुगेका हुन् ? यो प्रश्नले नै राजनीति अस्थिरताको प्रतिनिधित्व गर्दछ । यो नेपाली राजनीति परिवर्तनको पहिलो धार हो, जो विचारबाट जन्मियो र विचारहीन बन्यो । यसको रुपले र सारले यही बताउँछ (१) यसको वर्तमान नेता जसले संगठनमा एक्लौटी अधीन र अधिनायकवाद चलाइरहेछन् र ती सबैको शारीरिक सक्रियता अब ७/१० वर्षको हो र यो समयसम्म उनीहरु सत्ताबाट ओर्लिन चाहँदैनन् । तब के हुन्छ ? अर्थात् उनीहरु आफ्नै कारणले विलयको मुखमा छैनन र ? अर्थात् पहिलो धार विचार क्षयिकरणबाट विलयको संघारमा छ ।

दोश्रो धार विगत २ आमनिर्वाचनमा सशक्त ढंगबाट उदाउन खोज्यो । तर यसले ‘अवस्था बदल्न’ नयाँ सिद्धान्त, दर्शन, रणनीति र कार्यक्रम होइन ‘एउटा मानिस’ खोज्यो । ‘म एउटा मानिस खोजिरहेछु’ भन्ने बिम्बात्मक सुन्दर गीतलाई नै यसले अपभ्रंसित गरिदियो । यस धारले पहिलो धारको बाटोमा समस्या देख्दैन, केवल त्यो बाटोमा फोहोर मात्र देख्छ । पहिलो धारमा नेता सकिएझैं, यसमा एक अभिनेताको मात्र परिकल्पना हुन्छ अतः यी दुबै धार नेपालका चारवटा समस्या सम्बोधनलाई प्राथमिकता दिँदैनन् । ती समस्या हुन्ः

१. स्वतन्त्र नेपालको राज्यव्यस्थाको निर्णय प्रक्रियामा विदेशी दखल कसरी समाप्त गर्ने ? यसको सामाजिक एकताको जगमा रोपिएका सामाजिक, सांस्कृतिक, धार्मिक हस्तक्षेपलाई कसरी समाप्त गर्ने ? विदेशी संस्थाको समानान्तर शासनलाई कसरी समाप्त गर्ने ? विदेशी संस्थाले निर्माण गरेका संकथन र तिनले निर्माण गरेका कतिपय हेर्दा देशभक्त र ओकलेको खानेहरुका संजाल कसरी भत्काउने ? यी समस्या समाधान दुबै धारका प्राथमिकता मात्र होइन उनीहरु त विषालु पोखरीमा पौडी खेल्ने नै हुन् ।

२. नेपालको उत्पादन र खपत प्रणाली दुबै सर्वनाश पारिएको छ। हिजो देशमा स्थापित सबै उद्योग बिसर्जन गरि उत्पादन समाप्त गर्दै राष्ट्रको आम्दानी रेमिटेन्समा केन्द्रित गरि उपभोक्तावाद लादिएको छ र ९५% जनता गरीब हुँदैछन् भने ५% व्यापारीले अर्थतन्त्रलाई लुटतन्त्रमा बदलेका छन् । यो समस्याको समाधान त होइन यी दुवै धार यसको संरक्षण गर्न चाहन्छन् ।

३. समाजको तहगत जात प्रणालीमा आधारित र बरियता आजपनि यथावत छ । यो सामाजिक संरचनामा नयाँ संस्कृतिको समावेशी संरचना कसरी निर्माण गर्ने हो ?

४. नागरिकको प्रत्यक्ष सहभागिता रहेको विकास र स्थानीय शासन निर्माण गर्न सिहंदरवारको भ्रष्टाचार र एकाधिकार कसरी समाप्त गर्ने हो ?

यी प्रश्नको उत्तर खोज्ने र नेपाललाई समृद्ध बनाउने, विदेशी दखलबाट मुक्त गरि स्वनिर्णयको सामथ्र्य निर्माण गर्न सक्ने मूलधारको हैसियत राख्ने तेस्रो धार अबको यात्रा हो । यो तीन तरिकाले बन्न सक्छ:

१. पहिलो धारका दलहरु भित्र अकर्मण्य घाटपुगेर मात्र सत्ता हस्तान्तरण गर्न चाहने नेता मनोवृत्तिकाबिरुद्ध विचारसहितको नयाँपुस्ताको बिद्रोहबाट, जसको संभावना गुटबन्दीले क्षीण बनाएको छ।

२. दोश्रो धारमा प्रागमेटिक समतावादी विचारको निर्माण र व्यक्ति होइन विचारको अगुवाइको दृष्टिकोणको निर्माणबाट । कुनै एक व्यक्तिको प्राधिकार र अतिलोकप्रियताको मादले हिटलर र मुसोलिनी जन्मन्छ लि क्वान यु होइन । लि क्वान यु केन्सियन नेता थिए । अहिले नेपालमा यो अवस्था दोस्रो धारमा देखिन्न किनकी त्यहाँ नवउदारवादको जबर्जस्त उपस्थिति छ।

३. जनतालाई देशका मालिक बनाउने विचारको अन्वेषण गर्दै ‘क्लबबाट संचालित दलीय सर्वसत्तावाद’ को पक्षपोषण गर्ने व्यवस्थाको परिवर्तन गर्ने शक्तिको निर्माण गरेर ।

यस धारका चुनौती छन्ः

१. यसले तरवारका धारमा हिंड्नुपर्छ । योसँग दुई छिमेकीसँगको सम्बन्धलाई मधुर बनाउँदै, समग्र दक्षिणको अंश बन्दै पश्चिमसँग कार्यमूलक सम्बन्ध विकास गर्ने ।

२. सार्वजनिक अर्थतन्त्रको समानान्तर विकास गर्ने र अन्तर्राष्ट्रिय वित्तिय संस्थाको अधिन निषेध गर्ने ।

३. व्यासायिक सापेक्षित शिक्षाको विकास गर्दै युवा उत्पादनको क्रान्ति निर्माण गर्ने ।

तर नवउपनिवेशी शक्ति, दखलकारी शक्ति र तिनले पालेका अराजक, हिंश्रक, र तिनले नै पालेका देशभक्तिको गीत गाएर देशभक्तको शिकार गर्नेको अवरोध चुनौतीपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सहमति बनाएर संविधान संशोधन गर्ने होः गृहमन्त्री लेखक

भक्तपुर। गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट हामी कसैलाई नभएको बताएका

नयाँ प्रकृतिका सुरक्षा चुनौती बढ्योः सेना

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

मानव अधिकार आयोगद्वारा प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल

रास्वपाको सचिवालय बैठकले गर्यो सात निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका