सरल दर्शनशास्त्र



डा. गोविन्दशरण उपाध्याय ।

विश्वको सबैभन्दा प्राचीन दार्शनिक चिन्तन वैदिक हो । वेदको अर्थ ज्ञान हो । सृष्टिको आरम्भ शब्द ब्रह्मबाट भएको मानिन्छ । वैदिक दार्शनिक चिन्तनको व्याख्या उपनिषदहरू हुन् । उपनिषदहरूको व्याख्या षड्दर्शन हुन् । मूलधारका दुई दार्शनिक प्रवृत्ति मध्ये शाक्त, शैव तथा स्मार्त दर्शन पनि पर्छन् ।
दर्शनको अर्थ देख्नु वा आत्म साक्षत्कार गर्नु हो । पश्चिमाहरूले दर्शनलाई ज्ञानप्रतिको प्रेम मान्छन् तर वैदिक दर्शनभने ईश्वर, आत्मा, पुनर्जन्म, कर्म, संस्कार र स्वर्गनर्कमा आधारित छ । दुःख र दुःख मुक्तिका माध्यमबाट ‘सत्चिदानंद’को स्वनुभूति नै दर्शनशास्त्रको लक्ष हो । जीवले पूर्वनिर्धारित लक्ष प्राप्त गर्नका लागि ज्ञान, कर्म र भक्तिको बाटो अवलम्बन गर्नुपर्छ । कही ज्ञान श्रेष्ठ हुन्छ, कही भक्ति त कहीं कर्म । साधकका लागि यी तिनै बाटाहरू समान महत्वपूर्ण छन् । सानो–ठूलो, धेरैथोरै महत्वको भन्न मिल्दैन ।
सांख्य दर्शनले तत्व र सृष्टिको व्याख्या गर्छ । योगदर्शनले स्वास्थ्य शरीर, मन र आध्यात्मका विचमा सम्बन्ध जोड्ने काम गर्छ । न्याय दर्शनले ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र ज्ञानको सीमाको चर्चा गर्छ भने वैशेषिक दर्शनले तत्वहरूको स्वरूप निर्धारण गर्छ र अनि, मीमांसा दर्शनले कर्म तन्त्रको व्याख्या गर्दै कर्मयोगको कुरा गर्छ ।

षड्दर्शनकै अङ्गका रूपमा वेदव्यासले रचना गरेको वेदान्तसूत्र तथा वेद–उपनिषदमा आधारित रहेर आचार्य शङ्करले अद्वैत वेदान्त, रामानुजले विशिष्टाद्वैत, निम्बार्कले द्वैताद्वैत, आचार्य मध्वले द्वैत र आचार्य चैतन्यले अचिन्त्यभेदाभेद, आचार्य बल्लभले शुद्धाद्वैतजस्ता दार्शनिक सिद्धान्त निर्माण गरेर वेदले आरम्भ गरेको दार्शनिक चिन्तनलाई अगाडी बढाएका छन् ।

प्रमा, प्रमेय तथा प्रमाणको व्याख्या गर्न सांख्य–योगदर्शनले प्रत्यक्ष, अनुमान र शाब्दलाई, न्याय तथा वैशेषिकले प्रत्यक्ष, अनुमान, शाब्द, उपमानलाई, मीमांसाले प्रत्यक्ष, अनुमान, उपमान, शाब्द, अर्थानुपत्ति र अनुपलब्धि र वेदान्तले पनि मीमांसा दर्शनकै समान सातवटा प्रमाण प्रणालीलाई स्वीकार गरेका छन् ।
यहाँ बुझ्नु पर्ने विषय के हो भने चार्वाक दार्शनिकहरूले केवल प्रत्यक्षलाई प्रमाण मानेका छन् भने व्याकरण दार्शनिकहरूले प्रत्यक्ष, अनुमान, शाब्द, उपमान, अर्थापत्ति, अभ्यासः, अदृष्ट, प्रतिभा, अनुपलब्धि, प्रत्यभिज्ञा, कोश तथा ऐतिह्य गरी १२ बटा प्रमाण मानेका छन् । तेसैगरी बौद्धहरूले प्रत्यक्ष र अनुमानलाई प्रमाणका रूपमा स्वीकार गर्छन् भने तन्त्र दर्शनमा प्रत्यक्ष, अनुमान, उपमान, शाब्द, अर्थापत्ति, अनुपलब्धि, सम्भव, ऐतिह्य तथा चेष्टा गरी नौबटा प्रमाण स्वीकार गरिएको छ । जैनीहरूका लागि प्रत्यक्ष, परोक्ष– स्मृति, प्रत्यभिज्ञा, ऊहा, अनुमान तथा आगमगरी प्रमाण छ प्रकारका हुन्छन् ।

–यहाँ बुझ्नै पर्ने विषय के हो भने उपर्युक्त सबै दार्शनिक चिन्तनको स्रोत वेद हुन् । वेदको आलोचना वा वैदिक दार्शनिक चिन्तनलाई अस्वीकार गर्दैमा जैन तथा बौद्धहरूलाई अवैदिक भन्नु अनुचित हो । यी वेदलाई प्रमाणिक नमान्ने वैदिक नै हुन् भन्न उचित हुन्छ । किनभने भारतवर्षमा विकसित भएका सम्पूर्ण दार्शनिक चिन्तनहरूको लक्ष शारीरिक, मानसिक तथा अध्यात्मिक दु;खहरूबाट मुक्ति प्राप्त गर्नु हो भने बन्धनको कारण कर्म र संस्कार हुन् । प्रत्येक मोक्ष प्राप्त गरेर मात्र परम सुखी हुन्छ ।

वेदले परमतत्वलाई ‘ब्रह्म, उपनिषदहरूले ब्रह्म र ईश्वर, षड्दर्शनले ब्रह्म, ईश्वर तथा परमात्माकाका रूपमा पूर्वस्वीकार गरेको छ । आचार्य शङ्करजस्ता केही दार्शनिकहरूले जीव र ब्रह्म एकै भएको जिकिर गरेका छन् भने रामानुज, निम्बार्क, मध्व, बल्लभजस्ता अन्य दार्शनिकहरूले जीव ब्रह्मकै सूक्ष्म अंश भएको तर स्वतन्त्र तत्व मानेका छन् । आचार्य शङ्करले मायलाई विवृत (Illusion) ठानेर निराकरण गरेपछि मात्र मोक्ष प्राप्त हुने दार्शनिक सिद्धान्त स्थापित गरेका छन् भने यी बाहेक अन्य आचार्यहरूले मायालाई ईश्वरीय शक्तिका रूपमा स्वीकार गरेका छन् । आचार्य शङ्कर र रामानुज अद्वैतवादी हुन् भने आचार्य निम्बार्क द्वैत–अद्वैतवादी हुन् । मध्व, चैतन्य तथा बल्लभहरू परमतत्व द्वैत भएको सिद्धान्त निर्माण गरेका छन् ।

ऋग्वेदले परमतत्व एक तथा बहुल दुवै भएको व्याख्या गर्छ भने उपनिषदहरूमा पनि यही तत्थ्य विस्तार हुन्छ । सांख्य दर्शन बहुलवादी,योग दर्शन बहुल र एकलवादी, न्याय एकतत्ववादी, वैशेषिक र मीमांसा आस्तिक दर्शन भए पनि ईश्वर या ब्रह्मका सवालमा ‘विचित्र’को अवस्थामा छन् । वेदान्तको परमतत्व द्वैत, अद्वैत र द्वैतअद्वैतरूपमा मिश्रित छ । धेरैलाई द्वैत तथा अद्वैतमा विरोधाभाष होलाजस्तो लाग्न सक्छ तर उपरोक्त सबै दार्शनिक सिद्धान्तहरूमा अत्यन्त मित्रतापूर्ण सामन्जस्य छ । सबैले वेदलाई प्रमाणिक मानेको हुँदा सम्पूर्ण विरोधाभाषहरू वेदमा गएर टुंगिन्छन् । मोक्ष वा भगवानको सान्निध्य चाहने साधक तथा जिज्ञासुले वैदिक चिन्तनको उपर्युक्त धारालाई मनन गर्नुपर्छ । सात्विक भावले गुरूको शरण लिएर, गुरुबाट साधनाको दीक्षा प्राप्त गरेर साधना गर्दा हरेक व्यक्ति मोक्षको उत्स प्राप्त गर्न समर्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको

नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति

उडिसाबाट काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी फर्किए नेपाल

झापा ।  भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना

अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा