अध्यादेशको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।
सरकारले ६ वटा अध्यादेश ल्याएको छ । ती अध्यादेशहरू १८ माघमा संसदमा प्रस्तुत गरिए पनि पारितका लागि निर्णयार्थ पेस भएको छैन ।
माघ २४ को संसद बैठकको कार्यसूचीमा अध्यादेश पारित गर्ने विषय समावेश गरिए पनि राष्ट्रियसभामा अनुकूल संख्या नभएपछि सरकारले त्यसयता अध्यादेश अगाडि बढाएको छैन । त्यस दिन कार्यसूचीबाट अध्यादेशको विषय हटाइएको थियो ।