माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए ।

उनले भने, ‘एमालेमा केपी बा को निजी आदेशमात्रै चल्छ । उहाँको निर्देशन र आदेश पालना गर्नेबाहेक अरु टिक्न सक्दैनन् । त्यो पार्टी होइन ।’

उनले एमालेबाट विद्रोह गर्नुको औचित्य भीम रावल र वामदेव गौतमलाई हेरे पुग्ने बताए ।  उनले भने, ‘हामीले विद्रोह गरेको भन्दै प्रश्न उठाउने गरिन्छ । भीम रावल र वामदेव गौतमलाई हेर्दा हुन्छ । हामीले विद्रोह नगरेको भए त्यस्तै हालत हुन्थ्यो ।’

उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सहमति बनाएर संविधान संशोधन गर्ने होः गृहमन्त्री लेखक

भक्तपुर। गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट हामी कसैलाई नभएको बताएका

नयाँ प्रकृतिका सुरक्षा चुनौती बढ्योः सेना

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

मानव अधिकार आयोगद्वारा प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल

रास्वपाको सचिवालय बैठकले गर्यो सात निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका