पीरलोको कुरा



-डा. गोविन्दशरण उपाध्याय ।

आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट उत्पन्न भएको मानसिक अवस्थालाई जनाउने प्रयत्न गरिन्छ । यसोगर्नु नेपाली भाषाका आफ्ना शब्दहरूसँग गरिने अन्याय हो । नेपालीमा पीर, पीरलो शब्दले ठ्याक्कै स्ट्रेस शब्दबाट बुझिने अर्थको जानकारी दिन्छ । पीर, पीरलो शब्दको गहिराईमा जाँदा भौतिक, मानसिक र आध्यात्मिक तापबाट उत्पन्न एकप्रकारको मानसिक खिचावटको अर्थ बोध हुन्छ । तनाव होस् वा दवाव वा खिचाव यी तिनै शब्दहरू नेपालीमूलका भन्दा पनि फारसी वा उर्दुबाट ग्रहण गरिएका हुन् । त्यसैले पिरलो शब्दबाट अंग्रेजीको स्ट्रेस शब्दको अर्थ बुझ्नु उचित हुन्छ ।
‘मलाई साह्रै पिर परेको छ’ भन्नुमा नेपाली भाषीले जति मनोवैज्ञानिक अर्थबोध गर्छ, साच्चिकै अनुसन्धान गर्ने हो भने Stress शब्दबाट गर्न सक्दैन । यदि कुनै आयातित शब्दले पूर्ण अर्थ बोध उत्पन्न गर्दैन भने आफ्नै भाषाको मूल शब्द प्रयोग गर्नु उचित र व्यावहारिक हुन्छ । यहाँ मैले पीरलो वा पीर शब्दको उपयोग अंग्रेजीको क्तचभकक को समानार्थीका रूपमा प्रयोग गरेको छु । अंग्रेजी पुस्ताहरूका लागि क्तचभकक शब्द सजिलो र धेरै अर्थबोधयोग्य भए पनि एउटा सर्वसाधारण नेपालीको मानसिक तपनलाई पिर वा पिरलो शब्दले बढी बुझाउन सक्छ र सम्वन्धित पक्षले पनि आफ्नो मानसिक अवस्थाको ‘पीरलो’लाई बुझ्न सक्छ ।

पीर एउटा अवस्थाको नाम हो भने पीरलो शब्द त्यस अवस्थामा पर्नुसंग सम्बन्धित छ । पीर ( Stress) भने पीरलो Stress भएको अवस्था हो । पीरलो सापेक्ष अवस्था हो भने पीर अवस्था जनाउने नाम मात्र हो । ‘बाबु मलाई धेरै पिर परेको छ, म धेरै पिरलोमा छु । पीरलोले गर्दा नीद लाग्दैन । धेरै कुराको पिरलोले गर्दा मेरो दैनिकी विग्रिएको छ । भोक मरेको छ । सधैं पीरलोले सताई रहन्छ । कहिले छोराको पिर, कहिले घरको पिरलो । कहिले विवाहको टन्टा त कहिले विरामी हुनेहो कि भन्ने पिरलोले मन खाइरहेको छ । यही पीरलोले गर्दा छोरो सधैं विरामी रहन्छ । परीक्षामा पिरलो बाँकी छ, परीक्षा दिएपछि अलि मन शान्त हुने छजस्ता रैथाने सम्बादले पिरलोको प्रभावलाई प्रकट गरिरहेका हुन्छन् । तर यदि कसैलाई Stress शब्द नै मन पर्छ भने पनि उचित नै हुन्छ ।

पीरलो कसरी हुन्छ ?

पीरलो ( Stress) मान्छेको दैनिकी कार्यप्रणालीमा प्राकृतिक रूपमा आइपर्ने वा वेहर्नु पर्ने मानसिक तनाव, दवाव वा खिचावको अवस्था हो । जीवनमा हरेक मान्छेले शारीरिक, मानसिक तथा आध्यात्मिक पिरलो भोग्नैपर्छ । पिरलो नभएको कुनै पनि मान्छे हुँदैन । मानसिक, बौद्धिक तथा शारीरिक रूपमा सक्रिय सबै मान्छेमा पिरलो हुन्छ । त्यसैले पीरलो मानवीय जीवनको अनिवार्य मानसिक अंग हो जुन कार्यसम्पादनका क्रममा सबैले वेहोर्नु पर्छ । पिरलो नै नहुने कि शिशु हुन्छ, कि कोमामा भएको मान्छे हुन्छ कि ईश्वर हुन्छ ।

पीरलोका सम्बन्धमा विश्वभरी गरिएका अनुसन्धानहरूले सबैभन्दा पिर वा पीरलो निकटस्थ आफन्तको मृत्युमा, त्यसपछि पारपाचुके, विवाह, माइग्रेसन तथा दीर्घरोगआदि लाग्दा हुन्छ । एकै प्रकृतिको घटनामा केही व्यक्तिहरूले धेरै मानसिक पीरलो अनुभव गर्छन् भने केहीले त्यही घटनालाई सामान्य रूपमा लिन्छन् । यसरी पीरलोले व्यक्ति: फरक तवरले काम गर्छ । उदाहरणका लागि घरमा खाने पानीको धाराबाट पानी नआउँदा घरका केही सदस्यले ठूलो पिर अनुभव गर्छन् भने केही सदस्यहरू चासोमात्र राख्छन् र केही विन्दास रहन्छन् । त्यसैले प्रत्येक व्यक्तिको बुझाई र भावनात्मक स्वभावअनुसार पिरलोको गहिराई फरक हुन्छ । तर पिर रहित कुनै पनि व्यक्ति हुँदैन ।

पीरलो ( Stress) किन हुन्छ ?

मान्छे एउटा भावनात्मक (Emotional) र बुझक्कड (Cognition) भएको प्राणि हो । सबैजसो मान्छेले विगतका विषयमा शोक गर्छन्, भविष्यको लागि पिर गर्छन् र वर्तमानका लागि सधैं डराईरहेका हुन्छन् । विगतका अनुभवको स्मरण शोक हो । नदेखिएका भविष्यमा आफ्नो जीवन र आफन्तको जीवनअवस्था र व्यबस्था वारे बढी चाख राख्नु चिन्ता हो भने वर्तमानमा खाइपाई आएको सुविधा वा अवस्था अझैं खराव हुने हो कि भन्ने चेतनाचाहिं डर हो । पिरलो पनि यसैका वरिपरी घुमिरहेको हुन्छ । उदारहणका लागि श्रीमतीसँग राम्रो सम्बन्ध नहुँदा लोग्नेको मन पिरोलिंछ र भविष्य अझैं दुःखपूर्ण हुने हो कि भन्ने चिन्ता लाग्छ । यी दूवै परिस्थितिहरू मिलेर मनमा गहिरो प्रभाव पर्छन् र मानसिक पीरलो आरम्भ हुन्छ ।

मानसिक पीरलो (Stress) का धेरै कारण हुन्छन् । आजको जीवनशैली निकै चुनौतीपूर्ण छ । हरेक अभिभावकहरूले विवाहदेखि लिएर बालबालिकाको लागि शिक्षादीक्षा, भैपरी आउने रोगव्याधि, आफू बस्ने समाजका सामाजिक, धार्मिक, सांस्कृतिक तथा अन्य उत्तरदायित्वहरू, काम (Job) र कामको प्रकृति, पतिपत्नीको एकआपसी सम्बन्ध, बालबालिकाको भविष्य, आर्थिकस्तर तथा धेरै अन्यकारणहरूले पिरलो सृजित हुन्छ । अझैं सहजरूपमा बुझ्नु पर्दा आफ्नो सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक, शारीरिक अवस्था, कामआदिको प्रकृतिअनुसार पीरलो उत्पन्न हुन्छन् । परिस्थिति, बुझाई र अवस्थाअनुसार कुनै पीरलो निकै दुःख दिने हुन्छ भने कुनै पीरलो सजिलै हट्ने हुन्छ । एपिएको अनुसन्धानअनुसार सन् २०२५ को अन्त्यसम्म विश्वका ७९% मान्छेले कुनै न कुनै प्रकारको मानसिक पीरलो भोग्नै पर्ने छ ।

आधुनिक मनोवैज्ञानिक अनुसन्धानले पीरलोका वंशाणुगत, (यदि बा, हजुरवा, हजुरआमा)मा पिरलो गर्ने स्वभाव थियो भने जिनका माध्यमबाटबाट सर्छ) शरीरभित्रका रसायनहरूका कारण (उदाहरणका लागि डोपामाइन नामक रसायन धेरै उत्पादन भयो भने पनि मानसिक पिरलो उत्पन्न हुन सक्छ) यसैगरी परिस्थितिजन्य (उदाहरणका लागि घरमा मोरो पर्नु, दीर्घ रोगी हुनु, लोग्नेस्वास्नीमा झैँझगडा हुनु, अंशबन्डाको मुद्दा पर्नु, छोराछोरी पोइला जानु, अचानक नसोचेको घटना देखिनुआदि) तथा प्राकृतिक प्रकोप (भुईचालो, अतिवर्षा, खडेरी)आदिका कारणले मानसिक पिरलो उत्पन्न हुन्छन् । मानसिक पिरलो उत्पन्न हुने कारणका आधारमा पीरलोको घनत्व फरक हुन्छ र त्यसले शारीरिक, मानसिक तथा आध्यात्मिकतहमा पार्ने प्रभाव पनि फरकफरक हुन्छ ।

पीरलोले पार्ने प्रभाव

पीरलोको घनत्वअनुसार पीरलोले मान्छेको शारीरिक, मानसिक तथा अध्यात्मिकतहमा प्रभाव हुन्छ । पीरलो जुन कारणले उत्पन्न भएको हो त्यस कारणको गहनताका आधारमा पीरलो प्रभाव नाप्न सकिन्छ । तर यहाँ फेरी बुझ्नुपर्छ कि हरेक व्यक्तिमा पीरलो सहन सक्ने क्षमता र पीरलो विषयक बुझाईअनुसार फरक हुन्छ । पीरलो मूलतः एउटा प्राकृतिक मानसिक अवस्था हो । सरलशब्दमा भन्नुपर्दा कुनै घटना वा परिस्थितिलाई मेरो वा फलानाको मनले कसरी बुझेको छ ? त्यसका आधारमा पर्ने मेरो शारीरिक, मानसिक तथा व्यवहारिक जीवनमा देखिने अल्पकालीन, दीर्घकालीन प्रभाव नै मानसिक पीरलो हो । मानसिक पीरलो गहिरो हुँदैजाँदा चिन्ता (Anxiety), अवसाद (Depression), अत्याधिक त्रास (PTSD)जस्ता अनेकौं मानसिक समस्याहरू उत्पन्न हुन्छन् । यी मानसिक समस्याका कारणले मान्छेको शारीरिक क्षमतामा प्रभाव पर्छ । उदाहरणका लागि मानसिक पीरलो बढ्दै जाँदा मांसपेशीहरू दुख्नु, पेट पोल्नु, वाकवाकी लाग्नु, टाउको रिगाउनु वा दुख्नु, मुख सुक्नु, विहान समयमा उठ्न नसक्नु, शरीर निकै थाकेको गलेको अनुभव गर्नुजस्ता शारीरिक लक्षण भोग्नुपर्छ ।

अर्कोतिर, संज्ञानात्मक रुपमा निर्णय गर्न नसक्नु, समस्या समाधानको बाटो नदेख्नु, अनिर्णयको बन्दी बन्नुजस्ता अवस्था सृजित हुन्छन् । यी सबैले गर्दा मान्छेको दैनिकीमा नराम्रो प्रभाव पर्छ । मान्छेको दैनिकी बदलिन्छ । समयमा उठ्न सक्दैन । समयमा कार्यालय जान सक्दैन । आहार र व्यबहारमा धेरै परिवर्तन आउँछ । परिवार वा समाजसँग सम्बन्ध विग्रन सक्छन् । यसरी पीरलो बढ्दै जाँदा धान्नै नसकिने गरी जीवनमा समस्याहरू थपिन थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको

नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति

उडिसाबाट काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी फर्किए नेपाल

झापा ।  भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना

अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा