सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप



चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको शुक्रबार तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार संविधान संशोधन गर्नेमा नभई संविधान च्यात्ने काममा लागेको आरोप लगाएका हुन् ।

उनले कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउनेमा नै सरकारको ध्यान रहेको बताए । उनले भने, ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन् । यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजे लाखौं जनतालाई सडकमा उतार्ने बताए । अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए ।

उनले यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

रोजगार प्रवद्र्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने

काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने

सङ्घीय सरकारले कानुन बनाउने र विकासका सम्पूर्ण काम प्रदेश सरकारलाई दिँदा देश बन्दैनः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधि सभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’

प्रतिनिधिसभामा सुशासनसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन