नारायणकाजी भन्छन्-अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक लाग्दैन
भरतपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट समाधान गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा शुक्रबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाटमा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट समाधान गर्ने बताएका हुन् ।
अहिले नै पार्टीभित्रको समस्या पुरै समाधन भइनसकेको उनले बताए । उनले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने बताए ।
उनले सरकारको गतिविधि सबैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए ।