बाबुरामको प्रस्तावः फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फागुन १ गतेलाई ’जनक्रान्ति दिवस’ को रुपमा मनाउनुपर्ने बताएका छन् ।

उनले शब्दको जुंगाको लडाइँ छाडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन ! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तरहृदयदेखि उच्च सम्मान ! शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ’जनक्रान्ति दिवस’ को रुपमा मनाऔं ! १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र

सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

  मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी

विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य बिगार्नु हुँदैनः मन्त्री पाण्डे

काठमाडौं । । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका