नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी यमि निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ ।

केन्द्रीय सदस्यतर्फ कोशी प्रदेश (खुल्ला) मणि राई, महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा(महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई र सोही प्रदेशबाट केन्द्रीय सदस्य(महिला) मिराकुमारी मल्ला निर्वाचित भएकी छिन् ।

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) मा रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) मा सत्यदेवी चापागाईं तथा भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) मा लोकेन्द्रबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै