रवि लामिछानेको निलम्बन फुकुवा गर्न सभामुखलाई अर्यालको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्यालले सरकारले पार्टी सभापतिमाथि प्रतिशोध साँधेकोमा सार्वभौम संसदले त्यसलाई समर्थन जनाएको आफूहरुलाई महसुस भएको बताएका हुन् ।

उनले भने,‘रास्पपा सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध त साँध्यो साँध्यो, तर सार्वभौम संसदले सरकारको रवैयालाई समर्थन गरेको महसुस भइरहेको छ । संसदले त्यस्तो नगरोस् । चौथो ठूलो दलको सभापतिमाथि सरकारले गरेका प्रतिशोधको मूल्य चुकाउनुपर्नेछ ।’

उनले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने भएकाले उहाँको निलम्बन फुकुवा गर्न सभामुखलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

लुम्बिनी ।  लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि

क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद दाहालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको

अरब संसदका अध्यक्षलाई सभामुखको पत्रः विपिन जोशीको रिहाइका लागि विशेष पहल होस्

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शिघ्र