क्रान्तिकारीको नेतृत्व निर्माणलाई चुनावी विधिद्वारा हल गर्नु माओवादीको लागि एउटा ‘ब्रेक थ्रु’ हो



-हिमाल शर्मा
अनेरास्ववियू (क्रान्तिकारी)को फ्राक्सन ईन्चार्जको हैसियतमा आफ्नो एउटा जिम्मेवारी पुरा भएकोमा खुसी छु । विजयी हुने अध्यक्ष विजय प्रकाश सापकोटा, महासचिव रोशन थापा मगर सहित निर्वाचित सबै साथिहरुलाई फेरी पनि बधाई दिन चाहन्छु ।

–विभिन्न चुनौतिहरुलाई सामना गर्दै अनेरास्वियू (क्रान्तिकारी)को २३औं राष्टिय सम्मेलन नेतृत्वको निर्वाचनको परिणाम घोषणा संगै सम्पन्न भएको छ ! प्रतिनिधी छनोट, ३२ बर्षे उमेर हद र नेतृत्व निर्माणलाई चुनावी विधिद्वारा हल गर्नु हामी माओवादीको लागि एउटा ‘ब्रेक थ्रु’ हो ।

–सम्मेलनले केही समय लिएता पनि विद्यार्थीहरुलाई को लोकतान्त्रिक अभ्यासको भरपुर सदुपयोग गर्ने मौका प्रदान गरेको छ ।

– योग्य र क्षमतावान साथीहरु लोकप्रिय मतका साथ निर्वाचित हुनु भएको छ । कसैले मैले वा समुहले गर्दा जितेको हो भनेर हुर्मत लिनु वेकार हो । त्यसो गर्दा आफ्नो योग्यता र क्षमताले जितेका साथीहरुलाई अन्नाय हुनेछ । सबै जना अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ । प्रतिस्पर्धामा आउनु भएको साथीहरु पनि अब्बल हुनुहुन्छ । पार्टीको तर्फबाट उचित जिम्मेवारी दिइनेछ । उमेरहदको कारण विदा हुनु भएका लिडरको हकमा जिम्मेवारीको लागि कार्यदलले सिफारिस गरिसकेको छ ।

– माघको अन्तिम साता शपथ ग्रहण हुनेछ, केन्द्रीय समितिको पहिलो बैठकबाट सबैजना आआफ्नो जिम्मेवारी बोकेर कार्यक्षेत्रमा जानुहोला कार्यकाल सफलताको शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले

असिनापानीसँगै परेको चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना

ट्रम्पको ट्यारिफ र नेपाल

-नारायण गाउँले । अमेरिकी शेयर बजारले एक हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य

नेपालले म्यान्मारलाई पठायो २७ टन बराबरको राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप