सांसद पद निलम्बन फुकुवाका लागि सभामुखलाई रविको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा सभामुखलाई भेटेर सभापति लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् । संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

यसअघि लामिछानेले संसदीय दलको कार्यालयमा पुगेर रास्वपाका सांसदहरूसँग भेट गरेका थिए । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि संसद सचिवालयले लामिछानेलाई गत ८ पुसमा सांसद पदबाट निलम्बन गरेको थियो ।

लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै उनी सांसद पदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । त्यस्तै उनी जिल्ला अदालत काठमाडौंबाट र रुपन्देहीबाट समेत धरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको