सुशासनका पक्षमा लाग्न र गलत कृयालापविरूद्ध उत्रिन अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डको आह्वान



काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले बिहीबार उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए ।

भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।’

उनले सम्पूर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गरे ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश

आयोजक बागमतीलाई पराजित गर्दै संकटालाई सभापति कप फुटबलको उपाधि

काठमाडौं । संकटाले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार दशरथ

मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाउन मधेसकेन्द्रित दलद्वारा कार्यदल गठन

काठमाडौं । मधेसकेन्द्रित आठ दल मोर्चा बनाएर अघि बढ्ने भएका छन् । बिहीबार

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग