अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउँछौंः संचारमन्त्री गुरुङ



काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट जारी भएका अध्यादेश फास्टट्रयाकबाट पारित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले भने, ‘सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएको अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गरिसकेका छौं। त्यो अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने काम यो हिउँदे अधिवेशनमा हुन्छ ।’

उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएकाले यसलाई बदनीयत नभन्न आग्रह गरे ।

उनले भने, ‘संसदबाट छलेर भागेको भए छुट्टै कुरा हो, तर अध्यादेश संसदमा पेस भएर पारित हुन्छ । अनि कसरी बदनीयत भयो त ?’

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई

अछामका एमालेका पाँच नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले अछामका पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले