विकास र ऋणको ब्याज त छोड्नुस्, सडकको खाल्डो पुर्न पनि ऋण र अनुदान चाहिने हाम्रो हालत



नारायण गाउँले ।
राम्रो र नराम्रोको बहस छुट्टै होला तर राष्ट्रपति बनेको एक हप्ता नहुँदै गैरकानुनी आप्रवासी बोकेर सेनाको जहाज उडि़सक्यो ! ल्याण्ड गर्न नपाएपछि उब्जिएको सङ्कट पनि एक दिनमैँ सल्टिसक्यो ! यस्तै द्विपक्षीय सङ्कटमा कति देशहरू एक दशकसम्म अल्झेका छन् ! मेरिट बेस्ड भन्दै आरक्षणको व्यवस्था खारिज भयो ! इमरजेन्सी नै घोषणा गरेर मेक्सिको सीमातिर सैनिक परिचालन भए ! विश्वभर गैरकानुनी बाटो छिर्न खोज्नेहरूले दुई पल्ट सोच्न थालिसके । मानव तस्करहरूबीच खलबली शुरु भयो !

एक सय सत्तरी बढ़ी देशमा दिँदै आएको सहयोग र हजारौँ शीर्षकका कार्यक्रम ठप्प भए । निर्णयको मसी नसुक्दै सरकार, एनजियो या आइएनजियोमा पत्राचार भयो, कार्यान्वयन भयो । सिङ्गो ग्लोबभरि व्यापार रहेको अमेरिकामा हरेक सानो सानो व्यापारको समेत डेटा छ । डेटा त अन्त पनि होला, तर नेताको मस्तिष्क र हातमा छ । केकेमा कर बढाउँदा देशको मूल्यवृद्धि नबढाइकनै बार्गेनिङ्ग क्षमता बढ्न सक्छ भन्ने लाइभ तथ्याङ्क छ ।

मन्त्री र अन्य नियुक्ति त शपथ नखाँदै भएका थिए । शपथ नखाँदै नीति र कार्यक्रम घोषणा भएका थिए, शपथ खाएको केही मिनेटमा हस्ताक्षर भएर कानुन बने । नवनियुक्तहरूले मध्यपूर्वदेखि रसियासम्मका आफ्ना योजना र काम मिनेट भरमैँ सुरु गरिसके ! ट्रम्प कुर्सीमा नपुग्दै अटेर मानिएको इजरायल र जब्बर हमासबीच युद्धविराम भयो । ’ट्यारिफ’बाट आफ्नो अर्थतन्त्र जोगाउन युरोपदेखि चीनसम्म लचिलो बन्दै वार्ताको तयारीमा लागिसके ।

मेड इन अमेरिका नीतिले गर्दा च्याटजिपीटी चलाउने ओपनएआईले जापानीज कम्पनी सफ्टब्याङ्कसँग मिलेर ५०० बिलियन डलरको डाटासेन्टर बनाउने घोषणा गर्यो । १०० बिलियन त फण्ड ग्यारेन्टी नै भइसक्यो । लाखौं रोजगारीका योजना र प्रोजेक्ट त उनले शपथ नखाँदै सुरु नै भइसके । शपथ खाएको केहीबेरमै जेलमा रहेका सयौं समर्थकले क्षमादान पाए ।

एक हप्ता भएको छैन, दश वर्षदेखि ट्रम्प शासनमा छन् जस्तो अनुभूति समर्थक र विरोधी दुबैलाई हुन्छ । अझ रोचक त देशभित्रै आजसम्मका अमेरिकी नीति र कार्यक्रमहरू उलटफेर भए । तर कतै चक्काजाम र अमेरिका बन्द भन्ने सुनिएको छैन । केही डेमोक्र्याटतिर झुकाव राख्ने पत्रिकाले ‘अमेरिकाले अन्य देशलाई इन्टिमिडेट र बुलिंग गर्न नहुने’ भनेर सानो अक्षरमा लेख्नेबाहेक सबै चुप छन् ।
बसी बसी खाए पनि पुग्ने देशमा कामको यो रफ्तार छ ।

हाम्रोमा आज प्रधानमन्त्री नियुक्त हुन्छन् । तीनदिनपछि शपथ हुन्छ । शपथमा जम्मा दुई तीन मन्त्री हुन्छन् । ङिच्च दाँत देखाएर फोटो खिचाउँछन् । सरकार बन्न तीन महिना लाग्छ । एउटा व्यक्तिको इश्यु आउँछ, अर्को छ महिना त्यसैमा बित्छ । बन्नुपर्ने दर्जनौं कानुन छन् तर दुई पल्ट संसदको निर्वाचन भइसक्यो, आधा दर्जन सरकार बने तर कानुन बन्दैन । राष्ट्रिय बजेटभन्दा ठूलो व्यापारघाटा छ, खान नपुग्ने राजश्व छ । विकास र ऋणको ब्याज त छोड्नुस् सडकको एउटा खाल्डो पुर्न पनि अर्को ऋण र अनुदान चाहिने हालत छ । बौद्धिक र युवा वर्ग दिनहुँ पलायन हुँदै छ । पहाड़का गाउँ र उत्पादन शून्य बन्दै छन् । अत्यधिक धुलो र धुआँले राष्ट्रिय जनसङ्ख्या नै रोगी बनेको छ । हिमाल त छन् तर हिउँ छैन । बाग्मती जस्ता नदी र खोला छन्, पानी छैन । महँगीदेखि बेरोजगारीसम्म, सीमाविवाददेखि खाद्य सुरक्षासम्म गर्नै र सुल्झाउनै पर्ने कति हो कति काम छन् । एक मिनेट फुर्सत नलिई गरे पनि यो जुनिमा नसकिने काम छ ।

हाम्रो रफ्तार र हुटहुटीचाहिँ अर्कै छ । दिनहुँ भाषण, भेला र मिटिङ हुन्छन् । त्यहाँ कि आत्मप्रसंशा हुन्छ कि अर्कालाई गाली हुन्छ । कि साम्राज्यवाद, उपनिवेशवाद, सम्प्रभुतावाद, फासिस्टवाद, जनवाद, साम्यवाद, समाजवाद, पूँजीवादजस्ता बेतुके र क्लिसे शीर्षकमा बौद्धिक विलास हुन्छ । अलि बढी बौद्धिक परेछ भने बढीमा अमेरिका र रसियाको नीतिबारे बहस र आफै फैसला गर्छ । हाम्रा राष्ट्रिय बहस नै को चोर अनि को अझ बढ़ी चोर भन्ने खालको छ । हाम्रो चासो र चिन्ता कहिले चुनाब आउला, कहिले गठबन्धन गर्ने, कहिले नगर्ने, कहिले चुनाबअघि गर्ने, कहिले एक्लै लड्ने…यस्तोतिर छ ।जसलाई नभए पनि चल्छ, त्यो रफ्तारमा छ । जो हजारौँ किलोमिटर पछाडि छ, ऊ टाङ उत्तानो पारेर पल्टेको छ ! बड़ो रोचक छ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई भारतका कृषिमन्त्रीले भने-दुवै मुलुक मिलेर कृषिको आधुनिकतामा काम गरौं

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान

यातायात कार्यालय बाँकेमा सेटिङमा लाइसेन्स वितरण गरी मासिक ३ करोड भन्दाबढी रकम कलेक्सन, चार जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको

जब गृहमन्त्री तिनकुने घटनाका घाइते भेट्न अस्पताल पुगे…

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका

मानवअधिकारवादीको रोहबरमा २४ घण्टामा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईं(भिडियोसहित)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको