सरकारले संसदको पहिलो बैठकमै अध्यादेश पेस गर्ने



काठमाडौं । सरकारले ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा पेस गरिने भएको छ ।

सोमबार बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू माघ १८ मा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिएका छन् ।

यस्तै, मंगलबार बिहान ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । त्यस्तै संसद सचिवालयले हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।

माघ २३ र २४ गते सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ करोडमा ठेक्का लिएको पुल सात वर्षदेखि अलपत्र

वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै

चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड

काठमाडौं । चुरे क्षेत्र संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण

यो केवल दुःखद होइन, लज्जास्पद हो सरकार !

सोविता गौतम । देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको

नेपाल फाइनान्सियल एक्सन टास्कफोर्सको सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्ने

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही