बालबालिका हुर्काउने नयाँ प्रवृति
-डा.लछी सिंह
घर परिवारमा बालबालिकाहरु हुकाउने नयाँ प्रवृति आएको छ । जसमा बालबालिकाहरु सँगसँगै बसी घरपरिवारको सम्पूर्ण गतिविधिमा सरसल्लाह गरी दुईटै पक्षले बराबर जिम्मेवारी बेहोर्ने गरी घरपरिवार कुशल रुपमा संचालन गर्न नीति नियम निर्माण गर्नु पर्दछ । साथै घरपरिवारको वातावरण शान्त, स्वच्छ, कुशल र अनुशासितबनाउनमादुईटै पक्षेको बराबर जिम्मेवारी हुन्छ । जसमा सम्पूर्ण परिवारका सदस्यहरुले पालना गर्ने नीति नियमकै प्रकारको हुनपर्दछ । अर्को आमाबुबा र बालबालिका सँगसँगै बसी बच्चाको उमेर ६ वर्षदेखि २० वर्षसम्मको गुरुयोजना तर्जुमा गरी दुईटै पक्षबीच राम्रोे सम्झदारीमा साझेदारी गर्नु पदर्छ साथै उक्त बिषयको कार्यान्वयन राम्रो हुन पर्दछ ।
त्यसपछिमात्र घरपरिवारमा अनुशासनको पालना हुन्छ र विधिको शासन भने जस्तै (Good Governance) असल शासनको स्थापना हुन्छ । यस्तै नीति नियम घरपरिवार, समाज, समूह, टोल, देश, प्रदेश, स्थानीयस्तरमा र सम्पूर्ण जिम्मेवारी पार्टीहरुमा लागू भइदिए देशको विकास राम्रो प्रकारले हुन जान्थ्यो तर भएको छैन । त्यसपछि मात्र घरपरिवार, समाज र देशको रीतिरीवाज र संस्कारमा स्मार्ट (SMART )विकास हुनेछ । आमाबुबाले अन्य घरपरिवार तथा समाजमा मेरो बच्चाले यसो गरेईन, त्यसो गरेईन भनेर गुनासो पोख्नुभन्दा मेरो बच्चाले असल काम गरेको छ भनि सुनाउँदा अन्य घरपरिवार, समाज, समूह र देशमा पनि सिकाईको रुपमा लिइनेछ र त्यसकोे प्रशंसा (Appreciation) सबैतिर फैलिदै जाने छ । यस्तो प्रवृतिले समस्या समाधान हुनका साथै बालबालिका र आमाबुबाकोबीच साथीभाइको जस्तो सम्बन्ध बढ्दै जान्छ । उतm बिषयले घरपरिवार तथा देश कुशल हिसाबले संचालन हुने छ । यदि घरपरिवार र समाजमा राम्रो वातावरण सिर्जना गरेमा सुख, शान्ति र समृद्धको विकास आफै हुन जान्छ ।
कुनै आमाबुबाको हृदय कोमल हुन्छ र समयमा आफनो घरपरिवारमा सही निर्देशन नहुनाले पछि बीचमा आएर कडा नियम बनाई लागू गरेमा बच्चा सुधार्न भन्दा बिग्रन जान्छन् । त्यसैले शुरुदेखिनै बालबालिकाहरुलाई घरपरिवारको सम्पूर्ण जिम्मेवारीमा सक्रिय सहभागी गराउनु अतिआवश्यक छ । बालबालिकाहरुलाई अनुशासित बनाउन भन्दा पहिले आमाबुबा तथा घरपरिवारका जेष्ठ नागरिकहरु आफैं अनुशासित हुनुपर्दछ । त्यसपछि मात्र निर्माण गरेको नीति नियम र अनुशासनको पालना सबैको जिम्मेवारी बराबर हुन्छ । हिजोआज यस्तो प्रवृति नभएको घरपरिवारबाट केही बालबालिकाहरु सडक आश्रित बनेका छन् । काठमाडौं उपत्यकका सडकहरुमा सडकआश्रित बालबालिकाहरु धेरै देखिन्छन् । उनीहरुलाई सुधार गर्न वा पुनः उनीहरुको घरपरिवारमा फिर्ता गराउने जिम्मेवारी सबैको हो र नेपाल सरकारको बढी हुन्छ ।
तल उल्लेखित नियममा ध्यान दिनुहुन अनुरोध गर्दछु ।
१) आमाबुबा र बालबालिकाबीच साझेदारीः दुईटै पक्षबीच कुशल सम्झदारीमा नीति नियम निर्माण गरी सम्पूर्ण बुदाँहरुमा सम्झदारी गरी लिखित दस्तावेज बनाउन पर्छ । अनुशासनको प्रकृयामा कुशल कार्यान्वयनमा ल्याएमात्र सफलता हुन्छ ।
२) सुताइ, खानपिन, दैनिक कार्य, होमवर्क, भेटधाट तथा अन्तरक्रियाको व्यवस्थाः आमाबुबा र बालबालिकाबीच दैनिक कार्यको बाँडफाँट, सुताइ, खानपिन, होमवर्क, भेटघाट र हप्ताको एकपटक समीक्षाको अन्तरक्रिया हुन अतिआवश्यक छ ।
३) मिठो बोली तथा सानो स्वरको बोलीकोे स्थापनाः आमाबुबा तथा बालबालिकाबीचको आदर, सम्मान र स्तकार तथा मिठो बोलीका स्थापनाका साथै सानो स्वरले बोल्ने वातावरणको सिर्जना गर्न अतिआवश्यक छ ।
४) घरपरिवारमा सुहाउँदो पुस्कारको व्यवस्थाः घरपरिवारमा सुहाउँदो पुरस्कारको व्यवस्था महिनाको एक पटक हुने व्यवस्था गर्नु पर्दछ । परिवारका सबै सदस्यहरु एकआपसमा खुशीभई उत्साह मनाउने कार्यको थालनी पनि हुन पर्दछ ।
५) घरपरिवारमा समीक्षाको व्यवस्थाः महिनाको अन्तिम शनिबार बेलुका खाना खाएपछि सबै परिवारका सदस्यहरु एक ठाउँमा बैठक बसी महिनाको सम्पूर्ण गतिविधिको समीक्षा गरी सबैको कमीकमजोरीको लेखाजोखाकासाथै आत्माआलोचना गर्ने गल्ती महसुस गर्नका साथै थप सुधारका लागि केही परिवर्तन नीति नियमका साथै कार्यान्वयनमा ल्याउने कार्य गर्ने ।
६) गल्तीमा सजायको व्यवस्थाः घरपरिवारले केही नियमको उल्लंघन गरी वा गल्ती गरेमा सम्पूर्ण घरपरिवारका सदस्यहरुको बैठक बसी गल्तीको लेखाजोखा गरी बहुमतले गल्ती ठीक हो साँचो हो भनेमा सजायको भोगी हुनुपर्दछ । साथै सजाएको रुपमा केही नयाँ जिम्मेवारी दिने निर्णय हुनेछ । त्यसले घरपरिवारमा नयाँ विकास पनि हुन जान्छ र अर्को पटक गल्ती गर्ने काम कसैले पनि गर्दैन भन्ने विश्वास राखिन्छ ।
माथि उल्लेखित सम्पूर्ण नीति नियमलाई आफनो घरपरिवार तथा समाजमा लगाउत देशमा अन्य निकायमा लागु भएमा अवश्य विकास समानान्तर हुनेछ । यस प्रक्रियाले समाजदेखि देशसम्मको विकास स्मार्ट तरिकाले हुनेछ र देशमा राम्रो संस्कारको स्थापना हुनेछ साथै बैज्ञानिक समाजको स्थापना हुनेछ । सडकआश्रित बालबालिकाहरुको संख्या पनिनिमूल हुदै जानेछ भन्ने आशा लिएका छौं ।