हमासले छाड्यो ३ बन्धक



बीबीसी । हमासले पहिलो चरणमा आइतबार गाजामा तीनजना बन्धक रेडक्रसलाई बुझाएको छ । यसअघि रिहा गरिने ती महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको थियो ।

यसको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्ने हमासले जनाएको छ । यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा विस्थापित गाजाका मानिसहरू त्रिपाल, लुगाफाटा र सरसामानसहित आफ्नो पुरानो घर भएको ठाउँ फर्किरहेका छन्।

जसक्रममा बालबालिकासहितका धेरैजसो परिवारहरू टाँगा, कार, ट्रकको प्रयोग गरेका छन् भने कोही पैदल नै घर फर्कँदै छन् ।

दक्षिणी सहर खान यूनिसमा हमासका लडाकुहरू निस्कँदा त्यहाँ मानिसहरूको भिडले नाराबाजीसहित उनीहरूलाई स्वागत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस । नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको

सर्वोच्चद्वारा राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट खारेज, सरकारलाई कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका थप एकजनालाई पक्राउ

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको