इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु



बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त गर्ने तयारी गरिरहेको छ ।

शुक्रबार राति अबेरसम्मको छलफलपछि इजरायली मन्त्रिपरिषद्ले अन्तिम स्वीकृति दिएको उक्त सम्झौता कार्यान्वयन स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेबाट सुरु हुनेछ ।

अर्को ६ सातासम्ममा हमासको कब्जामा रहेका तीन–तीन बन्धकहरूको सट्टामा एक हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले छाड्ने तयारी गरेको छ ।

युद्धविराम लागु हुने समय नजिकिँदै जाँदा आफ्नो घरबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका प्यालेस्टिनीले आफूहरूमा घर फर्कने आशा जागेको बताएका छन् ।

इजरायली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेसँगै आइतबारबाट त्यो कार्यान्वयनमा आउने बाटो खुलेको थियो ।

इजरायली डिफेन्स फोर्सस (आईडीएफ)ले आइतबार बिहान ८ः३० बजेबाट युद्धविराम कार्यान्वयनमा आउने पुष्टि गरेको छ । सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएको इजरायलले जनाएको छ ।

हमासनिकट एक स्रोतले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन् । कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरेको यस सम्झौता अनुसार पहिलो चरण झण्डै छ साता लामो हुनेछ ।

त्यसक्रममा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरायली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन्। जसमा धेरैजसो महिला, बालबालिका र जेष्ठ नागरिकहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली