झापाको जामुनबारी चोकमा कोशीको पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण



झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ। बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारपछि उनी डिस्चार्ज भएका छन् ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिकसाधारण सभाबाट फर्किँदै गर्दा शनिबार साँझ थापामाथि कनकाई नगरपालिकास्थित जामुनबारी चोकमा आक्रमण भएको हो ।

थापामाथि बा१झ १८७० नम्बरको विद्युत् प्राधिकरण सुरुङ्गाको गाडीमा सवार कर्मचारीहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

प्राधिकरणका कर्मचारी चढेको गाडीलाई थापा चढेको गाडीले ओभरटेक गरेको विषयमा विवाद हुँदा घटना भएको हो । प्रहरीले कुटपिटमा संलग्न प्राधिकरणका कर्मचारी भक्तबहादुर कटवाल र पृथ्वी श्रेष्ठलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः तपाई प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको विर्सनु भयो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिउँदे अधिवेशन

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैनः महासचिव गुरुङ

दमौली । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास

संविधान संशोधन गर्दा पनि समानुपातिक र समावेशी प्रणालीलाई प्राथमिकता दिनुपर्छ

काभ्रे । नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी, समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका

एमालेसँगको गठबन्धन अवसर र चुनौतीः मन्त्री पाण्डे

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक