एनआरएनलाई गृहमन्त्रीको आश्वासनः नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ



काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशमा भएको केही प्रावधानले विदेशमा रहेका ८० लाख नेपालीहरुलाई निराश बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेको गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डललाई आश्वास्त पार्दै गृहमन्त्री लेखकले यस्तो बताउका हुन् ।

बिहिबार अबेर राति सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष डा केसीले अध्यादेशमा भएको गैरआवासीय नेपाली नागरिकता बाहक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने सम्बन्धमा भएको प्रावधानले गैरआवासीय नेपाली नागरिकताको सवालमा संविधानले परिकल्पना गरेको अधिकारलाई सम्बोधन नगरेको र संविधानको धारा १४ को मर्म अनुसार नभएको भन्दै सो कदमले विदेशमा रहेको ८० लाख नेपाली निराश भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले भने, ‘हालै मात्र जारी भएको अध्यादेशमा गैरआवासिय नेपाली नागरिकहरूलाई १० बर्षको भिसा दिने व्यवस्था गरिएको छ, ‘आफ्नै नागरिकलाई स्वदेश प्रवेश गर्दा भिसा दिनेʼ विरोधाभाषपूर्ण अध्यादेशले समस्त गैरआवासीय नेपालीहरूलाई निराश तुल्याएको छ ।ʼ

जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने हिउँदे अधिवेशनमा कानुन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

साथै अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवत जावत गर्दा तथा बसोबास गर्दा भिसा नचाहिने कानून बन्ने प्रतिबद्धता समेत गरे ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ʼमा समेटिएको संशोधनको संघले स्वागत गरेको भएको भएपनि ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ʼ केही प्रावधान उपर गैरआवासीय नेपाली संघले असन्तुष्टि राख्दै संविधानतः अधिकारको लागि सरकारसँग आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता