आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय स्वार्थको रक्षा र सम्मान गर्दै नेपाली समुदायको अधिकतम हितमा लाग्न निर्देशन दिएकी छन् ।

बिहीबार नेपाली मिसनका प्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाली समुदायको अधिकतम हित प्रवद्र्धनमा लाग्न निर्देशन दिएकी हुन् ।

उनले विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उनीहरुको हितको रक्षा गर्न, उनीहरुका खाँचो र आवश्यकताहरुमा ध्यान दिन तथा नेपाली डायस्पोराका समस्या अनि गुनासाहरुमा सहजै उपलब्ध भइदिन आग्रह गरेकी छन् ।

उनले भनिन्, ‘हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भर पर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्न र विशेष गरी पछिल्लो समयमा नेपालका लागि अतिआवश्यक देखिएको आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न पनि उहाँहरुलाई निर्देशन दिएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  ३२

एसियाली राजमार्गको पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति

विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर

बेइजिङ । एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका