जनतालाई डेलिभरी दिने गरी कामको गति बढाउन मन्त्रीहरुलाई कांग्रेसका शीर्ष नेताहरुको निर्देशन



काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँग छलफल कार्यप्रगतिबारे ब्रिफिङ लिएका छन् ।

बिहीबार आफ्नै निवासमा सभापति देउवाले सरकारका कामकारबाहीबारे मन्त्रीहरुसँग जानकारी लिएका हुन् । त्यसक्रममा मन्त्रीहरुले सोचेअनुरूप काम गर्न नसकेको गुनासो गरेका थिए ।

जवाफमा नेताहरुले यसलाई मिलेर समाधान गर्ने आश्वासन दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

त्यस्तै मन्त्रीहरुसँग अध्यादेशकाबारेमा पनि छलफल भएको थियो । बैठकमा महामन्त्री गगन थापाले अध्यादेश सहमतिमै आएकाले यसबारेमा नकारात्मक धारणा बनाउन आवश्यक नभएको बताएका थिए ।

मन्त्री चौधरीले भने, ‘बैठकमा अध्यादेशको विषयमा पनि छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यूले पनि पोजेटिभ रूपमा लिनुपर्छ भन्नुभएको छ । हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन।’

छलफलका क्रममा शीर्ष नेताहरुले कांग्रेसले लिएका मन्त्रालयमार्फत जनतालाई डेलिभरी दिने गरी काम गर्न निर्देशन दिएको चौधरीले बताए ।

छलफलमा सभापति देउवाकासाथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन (चितवन) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे

कांग्रेसका मन्त्रीहरु महिनामा एकदिन पार्टी कार्यालय पुग्नैपर्ने, नागरिकसँग सातामा दुई दिन भेटघाट(निर्देशनसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संचालनमा कांग्रेस र एमालेबीच कुनै

बार एसोसिएसनले भन्यो-त्रिपाठीमाथि आक्रमण गर्नेलाई अबिलम्ब कानूनी दायरामा ल्याइयोस्

काठमाडौं । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा

हिन्दू किन सधैं गालीगलौजको विषय बन्छन् ?

-डा. गोविन्दशरण उपाध्याय । मनमा पीडा हुन्छ, बौद्धिकवर्गहरूको कर्म अनुसन्धान तथा शिक्षादीक्षामा हुनुपर्छ