पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कांग्रेसले कार्यप्रगतिबारे ब्रिफिङ लिने



काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग आज छलफल गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले अहिलेसम्म भएका कार्यप्रगतिबारे ब्रिफिङ गर्नेछन् ।

बैठकमा सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्री सहभागी हुनेछन् भने दलको कार्यसमितिमा रहेका सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाघ र निलो

४७ हजारको मृत्युपछि भएको युद्धविरामले ल्याएको खुसी

बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति

जलवायु परिवर्तनको असरः पुसमै पाक्यो ‘चैते काफल’

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ

कन्काई पुल निर्माणमा ठेकेदारको लापरबाहीको हद, १३ वर्षमा आधा मात्र काम

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं