इजरायल र हमासबीच युद्धविराम सम्झौता
बीबीसी । इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको सम्झौताको औपचारिक घोषणा गरेका छन् ।
बाइडेनले युद्धविराम सम्झौताको पहिलो चरणमा प्यालेस्टाइनीहरू आफ्नो छिमेकमा घर फर्कन सक्ने र गाजा पट्टीमा मानवीय सहायता बढाउने बताए ।
उनले इजरायल र हमासले दोस्रो चरणमा युद्धको स्थायी अन्त्यका लागि आवश्यक व्यवस्थाका लागि वार्ता गर्ने बताएका छन् । सम्झौताको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ । त्यस्तै दोस्रो चरण पहिलो चरण सुरु भएको १६ औं दिनमा सुरु हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।
कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले मध्यस्थकर्ताहरूले इजरायल र हमासबीचको युद्धविराम सम्झौता जनवरी १९ आइतबारदेखि लागू हुने आशा गरेका छन् ।
कतारको राजधानी दोहामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनका राजदूत ब्रेट म्याकगुर्क र आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टिभ विटकफलाई धन्यवाद ज्ञापन गरेका छन् । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि भएको युद्धमा हजारौंले ज्यान गुमाएका छन् ।