रवि लामिछाने प्रहरी हिरासतमै



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सोमबार पनि नसकिएपछि प्रहरी हिरासतमा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबारदेखि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ ।

सोमबार सरकारी वकिलको बहस सकिएको छ । अझै लामिछानेका वकिल, जाहेरवालाका वकिल र सरकारी वकिलको बहस हुन बाँकी छ । सोमबार पनि बहस नसकिएपछि न्यायाधीश अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउने आदेश गरेको छ ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

त्यसपछि शनिबारसम्म थुनामुक्त रहेका लामिछाने फेरि आइतबारदेखि प्रहरी हिरासतमा पुगेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार मात्र अदालतमा थुनछेक बहस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपीन जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग सहयोगका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल

पुस मसान्तसम्म सरकारको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च

  काठमाडौँ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च

यो सरकार छिट्टै आफैं ढल्ने प्रचण्डको दाबी

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै

चेक अनादरसम्बन्धी कसुरमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक