बयानका लागि रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएकाले लामिछाने आइतबार जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए । जिल्ला अदालतमा सुरुमा उनको बयान हुनेछ ।

त्यसपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ । स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्दाको सफलताको प्रतिशत बढाउने मात्र होइन, पीडितले क्षतिपूर्ति पाउने व्यवस्था पनि गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि बोलाउन सिफारिस

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि आह्वान गर्न सरकारले

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश

राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरु निर्माण गर्नेबाटोमा ध्रुवीकरण आवश्यकः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दशक भन्दा कम समय मात्र