सासु आमा र बुहारी छोरी



डा. गोविन्दशरण उपाध्याय ।
एउटा गाउँमा विधुवा बुहारी र सासु सँगै बस्थे । दुबैजना बीच सम्बन्ध राम्रो थिएन । दुबैजनाको एकआपसमा बोलचाल समेत हुँदैनथ्यो । एउटा घरको छानो मुनि बस्ने, एकै भान्सामा पाकेको खाने, एकै पन्धेराको पानी पिउने र जिन्दगी भर सँगै बस्नु पर्ने भाग्य पाएका यी सासु–बुहारीको कचिंगलले छिमेकी समेत दिक्क थिए ।

एक दिन बुहारी माइतमा आइन् । माइतमा बूढा बा बाहेक कुनै आफन्त थिएनन् । बूढा बा एक्लै बस्थे । वैद्य भएकोले रोगीहरूको उपचार गरेर आफ्नो घरायसी खर्च चलाउँथे । बैद्य भएकोले उनलाई धेरै विषयको ज्ञान थियो ।

छोरीले घर नफर्केने अडान लिएपछि वैद्य–बा केही चिन्तित भए । तर उनको भित्री इच्छा छोरी घर फर्केर बूढी भएकी सासुको हेरविचार गरोस् भन्ने नै थियो । बिधुर भएको नाताले एकान्तको पीडा समेत उनीबाट लुकेको थिएन ।

अन्त्यमा, छोरीले सासुलाई मार्ने योजना बनाइन् । बाबुसँग लामो समयसम्म दिंदा लाग्ने विषको विषयमा बाबुसंग कुरा मिल्यो । छोरीको हातमा विषको पोको दिंदै ‘यो विष बेलुका सुत्ने बेलामा एक गिलास दूधमा मिसाएर पिउन दिनु, छ महिनापछि सासुको अन्त्य हुनेछ ।’ साथै बैद्य–बाले बिनय गर्दै भने ‘बूढी आखिरमा छ महिना भित्र त मर्ने नै छन्, यसो बिहान बेलुका मिठो खान दिनु, लुगा सफा गरेर लगाईदिनु र मीठो बोल्नु है ।’ छोरी सबै कुरामा सहमत भै घर फर्किन् ।

सासुको अन्त्यका लागि बेलुका दूधमा बाले दिएको औषधि फिटेर खान दिन थालिन् । छ महिना भित्र मर्ने नै हुन् भनेर बुहारी मिठो बोल्न थालिन्, विस्तारा, लुगा र शरीरको समेत देखरेख गर्न थालिन् । यो सबै देखेर सासुको पनि मन बदलियो ।

उनले पनि बुहारीलाई औधि माया गर्न थालिन् । बुहारी संगै खाने, बुहारीको काममा सक्दो सघाउने, छिमेकीका अगाडी आफ्नो बुहारीको प्रसंसा गर्ने र छोरा नभएकोमा दुखेसो छैन भन्दै बुहारीलाई ‘मान्न’ थालिन् ।

दुबैको बदलिएको बानीले गाउँका मान्छे छक्क पर्न थाले । बुहारीले बा–ले दिएको औषधि दिन थालेको पांच महिना बितेछ । यस बीचमा सासुबुहारीको सम्बन्ध ‘आमाछोरी’को झैँ बनिसकेको थियो । बुहारीले सासुलाई आमा भन्ने र सासुले बुहारीलाई छोरी भनेर बोलाउन थालेको धेरै भएको थिएन ।

एक दिन बुहारीले सासुको दूधमा औषधि हालिनन् । स्वाद फरक परेकोमा सासुले छोरीसंग औषधि मिसाउन अनुरोध गरिन् । नचाहेर पनि बुहारीले औषधि मिसाउन पर्यो । दूबै संगै सुते । बुहारीलाई सासुको मायाले रातभरी निन्द्रा परेन । भोलिपल्ट बिहानै सासुआमासंग अनुमति लिएर माइत गईन् ।

बुबासँग आफुले आमाजस्तो आमालाई मार्न खोज्न औषधि दिएकोमा पछुतो व्यक्त गरिन् र यस्तो दवाई दिएकोमा गुनासो समेत पोखिन् । सासु नरहे आफु एक्लो हुने समेत बताइन् । उनको गुनासो सुनेर वैद्य–बा मुस्कराइ रहे । यो देखेर छोरीले दिक्क मानिन् ।

अन्त्यमा, वैद्य–बाले कुरा खोले ’लाटी !! मैले दिएको औषधि कुनै विष होइन । त्यो त भिटामिन हो । मैले तिमीहरूका बीच मायाप्रिति जगाउन ‘मन्दविष’को नाटक मात्र रचेको हुँ । असलमा, तिमो माया पाएर सासु पनि परिवर्तन आएको हो । आज म धेरै खुसी छु । तिमी दूबैजना संसारका लागि दह्रो उदाहरण बनेका छौँ ।

मायाले जस्ताको मन पनि बदलिन्छ । निस्वार्थ सेवाले आत्मबल मिल्छ । एकआपसमा सुखदुखका विषयमा ख्याल गर्ने बानीको विकास हुन्छ । यदि आफु र अरूलाई बदल्नु छ भने हामीले आफ्नो बोली–ब्यबहारमा परिवर्तन गर्नु पर्छ ।

छोरी आफ्ना बा’प्रति कृतज्ञ भइन् । यिनका बुबाले एउटा ठूलो अपराधबाट जोगाएका थिए । उनले ससुमा आमा पाएकी थिइन् । परिवारका सदस्यहरूको कर्तब्य छोराछोरीको घरबार राम्रो बनाउनु हुनुपर्छ ।

उपरोक्त कथाको अनुशीलन र अनुकरण गर्ने हो भने नेपाली समाजका धेरै घरहरू स्वर्गमा परिवर्तित हुन्छन् । हरेक सासु आमा बन्ने छन् भने हरेक बुहारी छोरी बनेर आफ्नो दायित्व पूरा गर्ने छन् । यसका लागि दूबैले अग्रसरता लिनुपर्छ तर उमेरको दृष्टिकोणले बुहारी नै यो अग्रसरको लागि उपयुक्त पात्र बान्ने आँट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाको प्रश्नः परायाबाट सिर्जित वाद विवादको चक्रव्युहमा हामी किन फस्यौं ?(भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हामी नेपालीहरु सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेको

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी

८४ दिनपछि रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन्

रविसहित सातैजनासँग धरौटी माग, कोसँग कति धरौटी ?(आदेशसहित)

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति