गेटामा पहिला तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ, त्यसपछि विश्वविद्यालयः स्वास्थ्यमन्त्री पौडेल



 

कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् ।

मंगलबार कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उनले भने, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीएस सञ्चालन गर्न मिल्छ ।’

उनले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताए । उनले भने, ‘विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।;

उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिए । ‘यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन,’ उनले भने ।

मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग

समाजवादी मोर्चाले राजावादीहरुको गतिविधिबारे मंगलबार धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम