तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो



बीबीसी । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

भूकम्प नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको र त्यसपछि कैयौँ परकम्पहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन् ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालहरूमा राखिएका भिडियोहरूमा लात्से नगरनजिकै पसलहरू भत्किएको देख्न सकिन्छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन् । भूकम्पपछि त्यस क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेका बताइएको छ। चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकैको दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

बंगलादेश । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि मंगलबार साँझ

इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

इस्लामावाद। पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेल बाट बनिगाला स्थित उनको निवासमा नजरबन्दमा

एमालेले शान्ति प्रक्रिया टुंगिन लागेका बेला रोक्ने काम गरेको छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया माओवादीलाई सिध्याउने

निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्य र बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई उद्योगीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको