सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छः संचारमन्त्री गुरुङ



काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

दिगो पर्यटन सहकारी संस्थाको शनिबार आयोजित १४औँ साधारण सभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए।

उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए।

‘सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ’, उनले भने, ‘बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिमा सांसद थानीलाई रामहरि खतिवडाले बोल्न रोकेपछि….

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडामाथि कांग्रेस सांसद हृदयराम

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा प्रवेश

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै,  ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

  काठमाडौँ । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ ।

मधेशको कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिवसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश