दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ



सुमना श्रेष्ठ ।

राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र अब आफैं भाग्दै हिँडेका छन् । विद्यार्थीका समस्या, प्राध्यापक वा प्रशासनका समस्या सम्बोधन गर्नुको सट्टा–त्यो समस्या आफैं सल्टाउ भनेर दलगत संगठन खोलिदिएर ‘ल अब आफैँ भिड’ भन्दिए–राज्य भन्ने संयन्त्र नै नभए जस्तो । वास्तविक समस्या समाधान नगर्नु राजनीतिक पार्टीका लागि निकै फाइदाजनक भएको छ । त्यसको सट्टा आफैंले सिर्जना गरेको कुनै समस्या औंल्याएर संगठनको औचित्य पुष्टि गर्ने काम मात्र भएको छ । र यो पार्टीगत हारालुछमा जबर्जस्ती समाज लुटिँदै छ।

त्यसैले होला प्रधानमन्त्रीज्यूले घट्दो प्रजननदर समाधान गर्न भनेको– पहिला बच्चा पाउ अनि विदेश जाऊ । पुँजीवादको घिनलाग्दो रूप नै यही हो जहाँ मानिसलाई आर्थिक उत्पादनको श्रोतका रूपमा मात्र लिइन्छ । अचम्म त यो हाम्रा माक्र्सवादी प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो । अर्का हाम्रा हुन लाग्नु भएका प्रधानमन्त्री भने, आफैले गरेको निर्णय–राजनीतिक दल आबद्ध ट्रेड युनियनहरू हटाउने निर्णयलाई हैन भन्दैछन् किनभने उहाँ दबाबलाई थेग्न सक्नुहुन्न । पार्टी प्रमुख सचेतक भन्नुहुन्छ, ‘दलगत ट्रेड युनियन हटाउने पार्टीको धारणा, सभापतिलाई कल गरेर भन्नु हुन्छ ‘हैन’ भनेर ।हामी स्पष्ट रुपमा भन्दैछौँ कर्मचारी हकहितको लागि एउटा ट्रेड युनियन मात्र, दलगत युनियन खारेज गर्नेछौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल