मुकुल ढकाललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई रास्वपाका दुई नेताको पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासनमा परेका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनु माग गर्दै दुई नेतालाई नेतृत्वलाई पत्र पठाएका छन् ।
रास्वपाका कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले ढकाललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । उनीहरुले ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएका हुन् ।
उनीहरूले पार्टी विधानमै व्यवस्था भएको ‘राइट टु रिकल’ को अधिकार प्रयोग गरेको बताएका छन् । रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ ।