सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्छः महामन्त्री थापा



मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।

कांग्रेस मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै महामन्त्री थापाले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए ।

उनले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताए । उनले समयमै महाधिवेशन हुने भन्दै त्यसका लागि रुवाबासी गर्न जरुरी नभएको बताए । उनले भने, ‘१५ औँ महाधिवेशन हुन्छ । १२ औँ, ११ औँ, १० औँ भएको छ भने १५ औँ किन हुन्न ? रुवाबासी किन गरिरहेका छौँ हामी ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले पृथ्वी जयन्तीमा महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७

थाइल्याण्डकी प्रधानमन्त्रीसँग ४० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको