वैदिक धर्म र संस्कृतिमा गौरव गरौँ



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक सनातन संस्कृतिमा वर्णाश्रमको व्यवस्था छ । वर्णले ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र (समाजका प्रमुख चारबटा पेशा) समूहका मान्छेहरूको जानकारी दिन्छ भने आश्रम व्यबस्थाले ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्न्यास (जीवनका चारअवस्था) विषयमा जानकारी दिन्छ ।

प्राचीनकालमा वर्णाश्रम व्यबस्था के–कस्तो अवस्थमा थियो, इतिहासको विषय बनिसकेको छ । वर्णाश्रम व्यबस्थाहरूको विवरण प्राचीन शास्त्र र वर्तमान चिन्तनमा पाइन्छ । चिन्तन शब्दले अव वर्णाश्रम व्यवस्था केवल कथा र श्रद्धामा सीमित छ भन्न खोजेको हो । वर्णाश्रम व्यबस्था जीवित छ तर आंशिकरुपमा मात्र भन्ने सत्यलाई स्वीकार नगर्नु वेइमानी हुन्छ ।

वर्ण व्यवस्थाको कुरा गरौँ । वेदका ज्ञाता ब्राह्मण हुन् । ब्राहमणहरू आचार्य, गुरू र उपाध्याय हुन्थे । ब्राह्मणहरूको मुख्यकार्य अध्ययन/अध्यापनको व्यबस्था गर्ने, त्यसलाई नियमितता दिने, विस्तार गर्ने र पुस्तान्तरण सुनिश्चित गर्नु हुन्थ्यो । एक्लो ब्रह्माका शरीरका विभिन्न अंगबाट वर्णहरूको उत्पत्ति भएकोले एकआपसमा छुवाछुत हुन्छ भन्ने कुरा तर्कबाट प्रमाणित हुँदैन र ऋग्वेदले छुवाछुतका विषयमा केही उल्लेख गरेको छैन । स्मृतिग्रन्थहरूमा छुवाछुत छताछुल्ल छ । पढालेखा मान्छेले पढ्न सक्ने विषयमा झुटो बोल्नुको अर्थ आफैले बुझ्नुपर्छ ।

हाम्रो समय जन्मजात ब्राह्मण, क्षत्री, वैश्य तथा शुद्रहरूको हो । पेशागत वर्णको उठान पश्चिमाहरूसंग आक्रान्ताका रूपमा पसेका इसाई र मानवतावादी दृष्टिकोणका कारण सैद्धान्तिकरूपमा उठान भएको हो । आजको हिन्दू समाज ‘जन्मजात वर्ण’मा आधारित छ । मानवतावादी दार्शनिक दृष्टिकोण बलियो हुँदैजाँदा ‘वर्णको अर्थ पेशा हो, छुवाछुत लादिएको हो’ भन्ने मान्यता स्थापित हुँदैछ र तीब्रतररूपमा हुँदैछ । धार्मिक, सांस्कृतिक तथा व्याबहारिक जीवनमा अझै पनि जातीय वर्णव्यबस्थाको बलियो पकड छ भने राजनैतिक र मानवतावादी दृष्टिकोण बलियो हुँदैजाँदा छुवाछुत अनुचित थियो भन्ने मान्यता बलियो हुँदैछ ।

वर्णव्यबस्था अन्तर्गत जन्मजात ब्राहमण, क्षत्री र शुद्रहरूको उपस्थिति प्रष्ट देखिए तापनि वैश्यहरूको उपस्थिति नेपालका तराई भागमा बाहेक पहाडी भागमा भेटिन्न । भारतमा भने वर्णव्यबस्थाका चारै स्वरूप प्रष्ट छन् । वर्णव्यबस्थालाई यदि जन्मजात नमान्ने हो र पेशागत मान्ने हो भने (१) जन्मजात ब्राह्मणहरूले शूद्र वृत्ति (जागिरे) अबम्बन गरेको (२) ब्राहमणहरूले व्यापार गरेर वैश्य पेशा अपनाएको, (३) ब्राह्मणहरूले सेनामा भर्ति भएर क्षत्रकर्म अंगालेको र (४) ब्राहमण भएर ब्राहमणको वृत्ति (आचार्य, गुरू, उपाध्याय)का रूपमा पठनपाठन, दान र यज्ञकार्यमा लागेको भेट्न सकिन्छ । यही तत्थ्य सबै वर्णमा लागु हुन्छ ।

उदाहरणका लागि आजको मितिमा जन्मजात शूद्रले (१) शूद्र–ब्राहमण, शूद्र–क्षत्री, शूद्र–वैश्य तथा शूद्र–शूद्र (विशुद्ध जागिरे वा सेवक) को पेशा गरिरहेका छन् । यसको अर्थ हो – जन्मका आधारमा वर्णव्यबस्थाको ठाउँ कर्ममा आधारित वर्णव्यबस्थाले लिंदैछ । मानवतावादी दृष्टिकोणले हेर्दा वैदिक कसैलाई मन परे पनि नपरे पनि, वर्ण व्यबस्था माने पनि नमाने पनि पेशाका रूपमा वर्णव्यबस्था पुनः स्थापित हुँदैछ ।

अव आश्रम व्यबस्थाको कुरा गरौँ । वर्तमान हिन्दू समाजमा, व्याबहारिक रूपले आश्रम व्यबस्थामा केवल गृहस्थआश्रम र छुटपुटमा सन्न्यास आश्रम बाहेक अन्य आश्रमको अस्तित्व नै छैन भन्दा हुन्छ । धेरैजसो सन्यासी देखिनेहरू गृहस्थहरू भन्दा पनि भयङ्कर गृहस्थ (आश्रमधारी, चेलाचेलीधारी, उपाधिधारी, दण्डछत्रधारी, अहङ्कारधारी, कार, घर, कमला विस्तराधारी र पेशागत रूपमा सन्यासी देखिनकै लागि पहेला/सेता लुगा र लामा वा खौरेका कपालधारी) भेट्न सकिन्छ । ब्रह्मचर्य आश्रमलाई पश्चिमा इन्द्रियसुखवादले निलिदिएको छ वानप्रस्थ आश्रमका कुनै चिह्न नै छैनन् । आजको गृहस्थआश्रम मनमौजी स्त्री र पुरुषहरूको ‘पार्टनशीप’मा परेर अस्थायी भएको छ तर छ ।

वैदिक शास्त्रले उल्लेख गरेका वर्णश्रम धर्म पालन गर्ने वर्णाश्रम व्यबस्था शास्त्रीय आदर्शमा जीवित छ तर खुसीको कुरा के हो भने विश्वको पहिलो सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनैतिक व्यवस्था कायम गरेर आदर्श स्थापित गरेको वैदिक समाजको पुनर्जागरण हुँदैछ । विश्वभरी हिन्दूहरू आफ्नो प्राचीन गौरवशाली इतिहासलाई परिवार्धित र संस्कृतरूपमा पुनः स्थापित गर्ने विश्वामित्र प्रयासमा लागेका छन् । आधुनिक संचारप्रविधिले यो सबै सजिलो र सफल बनाएको छ । हिन्दूहरू आफ्नो धर्म, संस्कृति, परम्परा तथा व्यबहारको पुनःस्थापना गर्ने प्रयत्न गरिरहेका छन् । यस्तो प्रयत्नमा संस्कृतिका खराव कुराहरू छुट्ने र असल कुराहरू अरुतिरबाट जोडिनु स्वाभाविक ठहर्छ । वैदिक संस्कृतिका रहेको बहुलतावादी माइन्ड–सेटले यस्तो अनुमति दिन्छ ।

वैदिक संस्कृति विरुद्ध पहिलो आक्रमण जैनहरूबाट भएको हो भने दोस्रो आक्रमण बौद्धहरूले गरेका हुन् । यी दूवै धर्महरूको श्रोत र आधार वैदिक धर्म नै भएकोले उपर्युक्त दुवै सम्प्रदायहरूले बैचारिक तथा बौद्धिकस्तरमा सनातन धर्मको आलोचना गरे, धर्मपरिवर्तन गराए, पूजास्थलहरू निर्माण गरे, मूर्तिहरू, कर्मकाण्डहरूको सृष्टि गरे तर एउटाले अर्कोलाई “समाप्त पार्ने, अस्वीकार गर्ने र निमिट्यान्न पर्ने कुनै क्रियाकलाप गरेनन् । वैदिकहरूले त झन् “अवतारकै रूपमा स्वीकार गरेर“ आफ्नो अभिन्न अंग बनाए । सम्प्रदायहरू बीच बर्चश्वको बौद्धिक सङ्घर्ष चलिनै रह्यो तर गुरुकुलहरूले श्रमणहरूलाई र विहारहरूले ब्राह्मणहरूका विच शिक्षादीक्षामा कुनै भेदभाव गरेनन् ।

वैदिक सनातन संस्कृतिमा पहिलो बाह्यआक्रमण मुस्लिमहरूले गरे । यी घृणावादी र एकलकाटे विचारवाल थिए । त्यसपछिको आक्रमण इसाईहरूले गरे, यी इसाईहरूको चरित्र पनि ठ्याक्कै मुस्लिमहरूसंग मिल्थ्यो । इसाई र मुस्लिम दूवै (मूसाका सन्तान भएकोले होला, वैदिक, बौद्ध, जैनीहरूको अस्तित्व समाप्त पार्ने र अब्राहमवादी सांस्कृतिक, धार्मिक एवं राजनैतिक चिन्तनलाई बलियो पर्ने काममा सहकार्य गर्ने सम्झौता भयो । मुस्लिम र इसाईहरूले वैदिक, जैनी र बौद्धहरूलाई “प्यागन“ (मूर्तिपूजक) भन्दै साझाशत्रुका रुपमा परिभाषित गरे । ठ्याक्कै कम्म्युनिस्टहरूले आफु बाहेकका राजनैतिक आस्थाहरूलाई साझा शत्रु पहिचान गरेर झैं ।

भारतवर्षमा इस्लामको प्रवेश लुटेराहरूको मतियार बनेर भएको थियो तर इसाईहरूको प्रवेश पश्चिमा व्यापारीहरूको मतियारका रूपमा भएको हो । पश्चिमाहरूले इसाई धर्म र संस्कृतिलाई आफ्नो व्यापार र शक्ति विस्तारका लागि प्रयोग गरे । व्यापारीहरूले नाफाका लागि जस्तोसुकै रिस्क उठाउन सक्छन् र द्वन्द मचाउन सक्छन् भन्ने तत्थ्यको प्रमाण पोर्चुगालीहरूले भारतको गोवामा हिन्दूहरूको कल्लेआम, ब्राजिल र अमेरिकामा तेहाका आदिवासीहरूको सफाया, अस्ट्रेलियामा माओरी विरुद्धको अत्याचार आज पनि चलिनैरहेको छ । भारतको वर्णाश्रम व्यबस्थाले व्यवस्थित गरेको शिक्षाव्यबस्था, सैन्यव्यबस्था, व्यापार व्यबस्था तथा सेवाकार्यले इसाई माइन्ड–सेट भएका व्यापारीहरूको व्यापारमा असहयोग गथ्र्यो ।

त्यसैले उनीहरूले मुसाईलाई परिचालित गरेर ‘वर्णाश्रम’ व्यबस्था विरुद्ध दीर्घकालीन नीति बनाएर प्रहार गर्न थाले । पहिलो प्रहार आश्रम व्यबस्थाबाट आरम्भ भयो – ६ वर्षको उमेरदेखि अधिकतम २५ वर्षको उमेरसम्म हरेक बालबालिकाले गुरुकुलमा अनिवार्य पढ्नु पर्ने नियमलाई ध्वस्त पार्दै आधुनिक शिक्षाका नाममा ‘वर्णाश्रम व्यबस्था अन्धविश्वास हो, मानवतावाद विरोधी हो, प्रगतिको बाधक हो, त्यसैले आधुनिक र प्रगतिशील व्यबस्था प्राप्तिका लागि पुरानो छोड्नु पर्छ र नयाँ अपनाउनु पर्छ’ भन्दै ब्रह्मचर्य आश्रमसंग जोडिएका प्रतिमानहरू आचार्य, गुरू, उपाध्याय, ब्रह्मचर्यजस्ता आदर्शहरूका ठाउँमा ‘नोकरीका लागि शिक्षित हुनुपर्छ’ भन्ने नारा दिएर व्यापारीको नोकर बन्न प्रोत्साहित गर्ने शिक्षा व्यबस्थाको प्रवर्धन गरे । आजको पुस्ता यही शिक्षालाई ‘प्रगतिशील र मोडर्न’ भन्दै ‘नोकरी’को लागि भौतारीइरहेको छ ।

इसाई संस्कृतिलाई बोकेर आएका अंग्रेज व्यापारीहरूले वैदिक शिक्षा व्यवस्थामा हस्तक्षेप गर्न ‘बुच्याख्या’हरू तयार गर्न धेरै परिश्रम गरे । बुच्याख्याको अर्थ हो – शरीरले स्वदेशी देखिने तर मन, आत्मा तथा बुद्धिले आफ्नै अस्तित्वउपर प्रहार गर्ने ‘माइन्ड–सेट’ । अंग्रेजहरूले वर्णाश्रम व्यबस्थाउपर प्रहार गर्न ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्रसमुदायका केही व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा चयन गरे । केहीको धर्मपरिवर्तन गराए र केहीलाई स्वधर्मनै रहने दिए तर उनको बुद्धि र विवेकचाहिं इसाई संस्कृतिको दासत्व स्वीकार गर्ने गरी तयार पारियो । भारतमा ब्रह्मोसमाज हिन्दू नै मानिन्छ तर यसको आत्मामा इसाई संस्कृतिको गहिरो छाप थियो जसले सधैं ‘वर्णाश्रम’व्यबस्थालाई प्रगति, मानवता तथा आधुनिकताको बाधकका रूपमा प्रस्तुत गरिरह्यो । यस्तै बुच्याख्याहरू मध्ये महात्मा गान्धी वैश्य समुदायबाट र शूद्र समुदायबाट अम्बेडकर भएको बुझ्न कसैलाई गाह्रो पर्दैन । पहिलो व्यक्तिले ‘सर्वधर्म समन्वय र समभाव’का नाममा र दोस्रो व्यक्तिले प्रगतिका नाममा आफ्नै धर्मसंस्कृतिको जरा काट्न घृणावादलाई औजार बनाए ।

बुच्याखाहरू ती व्यक्ति हुन् जसको माइन्ड–सेट नै विदेशी धर्म, संस्कृति, राजनीति, शिक्षा, भाषा र रिथिथितिलाई महत्वपूर्ण ठान्छ र स्वदेश र स्वसंस्कृतिका सबै प्रतिमानहरूलाई अस्वीकार्य, प्रगतिका बाधक तथा पश्चगामीका रूपमा बुझ्ने र बुझाउने गरिरहेका हुन्छन् । राजनैतिक वृत्तमा यस्ता बुच्याखाहरू समाजवादी, धर्मनिरपेक्षतावादी तथा उदारवादीका रूपमा मुखरित हुन्छन् । उदाहरणका लागि नेपालमा यस्ता बुच्याखाहरूले हिन्दूवैदिक संस्कृति र इतिहासप्रति घोर आपत्ति व्यक्त गर्छन् तर इतिहासमा नेपाली संस्कृति र समाजसंग गोरू बोचेको साइनो नभएका धर्महरूका क्रियाकलापमा सबैभन्दा हितग्राही भएर उभिन्छन् । हिन्दूहरूका धार्मिक क्रियाकलापमा यिनको कुनै हालतमा उपस्थिति हुँदैन तर जातीय, धार्मिक, सांस्कृतिक तथा भाषिक द्वन्द फैलाउन सक्रिय समुदायसंग यिनको गहिरो हिमचिम हुन्छ । मान्छे छुट्याउने जिम्मा र मम भन्ने जिम्मा पाठकले प्राप्त गरे ।

–नेपाल र भारतका विश्वविद्यालयहरू, विद्यालयहरू, राजनैतिक गोष्ठीहरूले उपर्युक्त बुच्याखा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा विकसित भएका/गरिएका छन् । यहाँबाट उत्पादन भएका बुच्याखाहरूको मुखबाट पहिलो निस्कने शब्दहरू ‘धर्म र अन्धविश्वास हो, धर्मनिरपेक्षता मानवताको धागो हो, समाजवाद प्रगतिको साधन हो, र वैदिक संस्कृतिमा विश्वास राख्नु पश्चगामिता हो’ हुन्छन् । यिनको मूल लक्ष वैदिक संस्कृतिका प्रतिमानहरूलाई ध्वस्त पार्ने र मुसाई संस्कृतिका प्रतिमानहरूलाई व्याबहारिक जगतमा स्थापित गर्ने हुन्छ ।

विस २०७२ को संबिधान घोषणा भएपछि ‘धर्मनिरपेक्षता’का सवालमा देशका जनताले राजनैतिक नेतृत्वसंग जवाफ माग्यो । तत्कालीन सभामुख सुभाषचन्द्र जीले हिन्दूराष्ट्रका विषयमा आफ्नो मतअभिव्यक्त गर्न निकै ठूलोस्तरमा अभिमत बुझ्ने काम गरियो र त्यो अभिमतको परिणाम ३ वर्षसम्म सार्वजनिक गरिएन । एउटा प्रश्नको उत्तर दिंदै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ‘देशको प्रतिष्ठा जोगाउन नेताले जानमत विरुद्ध निर्णय लिनुपर्ने हुन्छ । जनताले सबै कुरा बुझ्दैनन्’ भन्दै जनमतको प्रष्ट अवहेलना गरेका थिए । दुबई, कतार पूर्णतया घोषित मुस्लिम राष्ट्र हुन् धर्मनिरपेक्षतावादी तथा समाजवादी होइन तर पनि विकसित छन्, प्रगतिशील छन् र धार्मिक पनि छन् । समाजवादीहरूका लागि यो लज्जाको विषय हुनुपर्ने होइन र ? सन् १९७८ देखि विभिन्न कालखण्डमा अभ्यास गरिएको “समाजवाद“मा आज पनि विकास र गरिवी निवारणको वहस किन चलिरहेको छ ?

–वैदिक संस्कृति उदार छ । त्यसैले सबै विविधताहरूलाई सहजरूपमा स्वीकार गर्छ । विविधता र उदारतासंग सधैं शत्रुतापूर्ण सम्बन्ध राख्ने मुसाई समावादीहरूले आफ्नो कट्टरपन्थी चरित्रलाई लुकाउन हिन्दू धर्म, संस्कृतिलाई सधैं वदनाम गर्ने काम गरे । आफ्नो स्वार्थका लागि विविधतापूर्ण सामाजिक सामन्जस्यलाई भाषा, संस्कृति, भूगोल तथा आस्थाका नाममा विभाजन गर्दै (अधिकार भन्दै) एकअर्काप्रति शत्रुवत् व्यबहार गर्न सिकाए । अहिलेको पुस्ताले क्रमशः यो षड्यन्त्र बुझ्दैछ । नयाँ पुस्ताले आफ्नो ऐतिहासिक वैभवमा आधारित पहिचानको कुरा उठाउँदा ‘बुच्याखा’हरू आक्रोशित हुनु स्वाभाविक हो । यस्तो अवस्थामा, प्रत्येक हिन्दूले ‘वर्णाश्रम व्यबस्था नै हिन्दूहरूको मौलिक इतिहास, पहिचान र गौरव हो’ भन्ने विषयलाई व्याबहारिक रूपमा नै प्रष्ट उठाउनु पर्छ । यदि कसैले आफुलाई हिन्दू–सनातनी भन्छ तर वर्णाश्रम व्यबस्थाप्रति अनास्था व्यक्त गर्छ भने उ बैचारिक बुच्याखा नै हो । तेस्ताको विश्वास गर्नु आत्मघाती हुन्छ ।

समयले कोल्टे फेरेको छ । कम्युटरको एउटा बटनले विचारहरुलाई विश्वको घरघरमा पुर्याउने क्षमता राख्छ । परिवर्तित परिवेशमा विचारहरूका विचमा आदानप्रदान बढेको छ । हिन्दूहरूको उदार माइण्ड–सेटप्रति विश्वको आकर्षण बढेको छ । सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनैतिक चिन्तनहरूप्रति अभिरुचिहरू बढेका छन् । एकलकाटे र बहुलवादी सांस्कृतिक, राजनैतिक धार्मिक मान्यताहरूका विषयमा बैचारिकतहमै सही समालोचनात्मक अध्ययनको अवसर जुटेको छ । मान्छेहरू वैदिक, जैन र बौद्ध विचारहरूप्रति आकर्षित भएका छन् । साथै, उदार विचार राख्ने पढेलेखेका मान्छेहरूको वैदिक संस्कृतिप्रति आकर्षण बढ्दै गएपछि एकलकाटे सांस्कृतिक अगुवाहरूको तारो वैदिक संस्कृति नै बनेको छ । परिणामतः यहाँ धर्मपरिवर्तन गर्न गराउनका लागि अतिसूक्ष्मतहबाट व्यवस्थित रूपमा कार्य भैरहेका छन् । अनेकौं अड्कोहरू थापेर वैदिक संस्कृतिउपर प्रहार गर्ने काम भइरहेको छ ।

वैदिक संस्कृतिको उदारचेतनाले होला – यसको सैद्धान्तिक र व्याबहारिक पक्षसंग जोडिनेक्रम विश्वभरी नै चलिरहेको अवस्था छ । यस्तो सहज परिवेशमा हरेक वैदिक संस्कृतिका विनम्रअनुयायिले अत्यन्त सचेतनासहित “हिन्दुवैदिक संस्कृति विभेदप्रधान छ, हामी पैगन हौँ, हिन्दु हुनुभनेको पश्चगामी हुनु हो । सबै धर्म समाज हुन्छन्, हिन्दू भनेको धर्मनिरपेक्ष हुनु हो जस्ता हीनताबोध जन्माउने शिक्षक, शिक्षा र राजनैतिक चिन्तन विरुद्ध बौद्धिकरूपले प्रतिकारमा उत्रिनुपर्छ । वैदिक सनातन धर्मका उत्तराधिकारीका रूपमा हरेक वैदिक हिन्दूको मौलिक कर्तव्य यही हो । कुनै धर्म, संस्कृति र परम्पराहरूको आलोचना गर्न आवश्यक छैन तर आक्रमण गर्ने विरुद्ध प्रतिआक्रमणबाट पनि पछि हट्नु हुँदैन । लेखकको व्यक्तिगत अनुभवमा वैदिक सनातन हिन्दू संस्कृति विज्ञानको प्रगतिसँग कदमसँग कदम मिलाएर सहयोगी र मार्गदर्शक बनेर हिड्न सक्ने एकमात्र चिन्तनधारा हो । हो, ठ्याक्कै शास्त्रहरूले निर्माण गरेको सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अभिप्राप्ति होला नहोला तर वर्णाश्रमको वैदिक व्यबस्था अजेय छ । सनातन र अनादि छ । मानव सभ्यता रहेसम्म कुनै न कुनै रूपमा जीवन्त रहने नै छ । आफू वैदिक सनातनी भएकोमा गौरव गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने

पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर